🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विभिन्न स्थानमा मृत अवस्थामा पाँच जना फेला 

काठमाडौं । देशको विभिन्न स्थानमा मृत अवस्थामा पाँच जना फेला परेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१४ नैकाप आदर्श टोलस्थित निर्माणाधिन घरमा मिस्त्री काम गर्ने ३८ वर्षीय राजु श्रेष्ठ सोही ठाउँस्थित शौचालयभित्र शुक्रबार मृत अवस्थामा फेला परेका छन् । 

यसैगरी काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१० कपन शिवमन्दिर नजिक सडक पेटीमा हाल पहिचान नखुलेका करिब ३० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । रूपन्देहीको प्युठान गौमुखी गाउँपालिका–५ घर भई सिद्धार्थनगर नगरपालिका–३ डेरा गरी बस्ने ४० वर्षीय खुमन सिंह पाण्डे आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । 

रूपन्देहीको तिलोत्तमा नगरपालिका–१२ बिजयनगर बस्ने ३८ वर्षीया फुलमाया बिक आफ्नै घर नजिकको कुलोमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । सिरहाको सुखिपुर नगरपालिका–६ खरिटोल बस्ने २५ वर्षीया मन्जु राम आफ्नै घरबाट करिब १ किलोमिटर टाढा रहेको पोखरीमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।