काठमाडौं । साविकको उच्च माध्यमिक शिक्षा परिषद् र हालको राष्ट्रिय परीक्षा बोर्डमा व्यापक अनियमितता भएको खबर छ । करीब ४ हजार उच्च माविको माउ संस्था राष्ट्रिय परीक्षा बोर्ड सबैको साझा संस्थाको रुपमा अगाडि बढ्नु पर्नेमा हालका परीक्षा नियन्त्रक डम्बर बतासले पूर्व परीक्षा नियन्त्रकद्वय सन्तोष अर्याल र जयन्ती सत्याललाई अपदस्थ गरी ठूलो धनराशी शक्ति केन्द्रहरूमा भेटी चढाई परीक्षा नियन्त्रकको पद हात पार्न सफल भएको स्रोतको भनाई छ । स्रँेत भन्छ, निज बतास कुनै प्रशासनिक, र परीक्षा सम्बन्धी कुनै ज्ञान, अनुभव नभएका क्षमताहीन व्यक्तिको रुपमा शिक्षा मन्त्रालयमा चर्चित छन् । त्यसैले यी बतास भन्ने ब्यक्ति ‘हावा’ उपनामले शिक्षा क्षेत्रमा चिनिन्छन् ।
स्रोत भन्छ, बतासमा पेशागत दक्षताभन्दा पनि उच्च माविमा कार्यरत कर्मचारी, साथीभाइ सबैका विरुद्ध उजुरी गर्ने र मुद्दा हाल्ने विषय अर्थात् फट्ट्या“ई कार्यमा माहिर मानिन्छन् भनी सो कार्यालयको परिसरभित्र चर्चा हुने गरेको छ । निज परीक्षा नियन्त्रक बतास(हावा)ले परीक्षा बोर्डको संपरीक्षण कार्यमा एकलौटी गरेपछि व्यापक असन्तुष्टी बढेको खबर छ । परीक्षा जस्तो संवेदनशील विषयमा उपत्यका बाहिर आपूm अनुकूल हुने ठाउ“ र शिक्षकस“ग उत्तरपुस्तिका परीक्षण गर्न पठाएर, यो यो केन्द्रको कापीमा उत्कृष्ट नम्बर राख्न र व्यक्तिगत रकम असुलेका व्यक्तिको सिम्बल नम्बर नै टिपाएको व्यापक चर्चा छ । शक्ति केन्द्रहरूमा चढाएको भेटी यही मौकामा उठाउन परेन भनेर उता तर्क दिने गरेको चर्चा पनि सुरु भएको छ ।
उता यस्तो अनियमितता कार्यमा हैकम जमाउन खोज्ने शिक्षा मन्त्रालयका सहसचिव हाल सो कार्यालयमा सदस्यसचिवमा नियुक्त डिल्लीराम रिमाल पनि अनियमित काम गर्न र धनार्जन कार्यमा कम्मर कसेर लागेको खबर छ । निज सदस्य सचिव रिमालले तत्कालीन शिक्षाशास्त्र संकायका डिन प्रकाशमान श्रेष्ठलाई प्रोजेक्टको पैसा बुझाएर पीएचडी उपाधि प्राप्त गरेको शिक्षा विभागका कर्मचारी चर्चा गर्दछन् । एकदिन पनि पीएचडी अध्ययन विदा नबसेका रिमालले एकजना उपसचिवलाई थेसिस लेख्न लगाएको देख्ने सुन्नेहरू नै बताउ“छन् । रिमाल शिक्षा विभागको महानिर्देशक हु“दा विभागको एक अर्ब रुपैया“ अनियमित खर्च गरेपछि शिक्षा विभागको महानिर्देशकबाट मन्त्रीले घोक्रेठ्याक लगाएर निकालेका थिए । रिमालले डीजीको पद दुरुपयोग गरेर आर्जन गरेको रकमबाट सिनामंगलको कालीमाटी टोलमा २ करोडमा घर निर्माण गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सतर्कता केन्द्रले समेत किन नदेखेको होला भनी उनलाई नजिकबाट चिन्न कर्मचारीहरू चर्चा गर्दछन् । अहिले राष्ट्रिय परीक्षा बोर्डको हरेक फाइल सदर गर्दा ‘कति आउ“छ’ भनि सोध्ने गरेको चर्चा पनि छ । सदस्यसचिवको यस्तो अनैतिक कुरा सुनेपछि कर्मचारीहरू जिब्रो टोक्न थालेको खबर छ ।
राष्ट्रिय परीक्षा बोर्डको बार्षिक बजेट ४ अर्ब रहेको र ४ अर्बमा ५–१० करोड कमिशन हात लाग्नु सामान्य हो भनि उत्तर दिने गरेको चर्चा पनि छ । ‘‘पूर्वअर्थमन्त्री डा.रामशरण महतले दश प्रतिशत कमिशन खा“दा लिगल हुने हामीले लिंदा कसरी गैरकानूनी हुन्छ ? हामीले त ३ प्रतिशत मात्र लिने हो, शिक्षा मन्त्री गोपालमान श्रेष्ठले फाइल सदर गर्दा कमिशन खान हुन्छ भने मैले किन हु“दैन भनि तर्क दिन्छन् भन्ने स्रोतको भनाई छ ।
यसरी हाकाहाकी परीक्षामा भ्रष्टाचार गर्ने, विद्यार्थीको सिम्बल नम्बर परीक्षकलाई टिपाउने कार्यले परीक्षाको मर्यादा र विश्वसनियतामाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । कहींकतैबाट अनियमितता हुने अवस्था आएमा त्यस्तो कार्यको उचित व्यवस्थापन र कडाई गर्नुपर्ने नेतृत्व नै जिल्ला जिल्लामा परीक्षणको लागि पठाइएका उत्तर पुस्तिकाको सिम्बल नम्बर टिपाइन्छ भने राष्ट्रिय परीक्षा बोर्ड धरासायी हुने निश्चित छ भनी शिक्षविद्हरूले गुनासो गर्न थालेका छन् ।
विज्ञ प्राध्यापकहरूले सबैलाई मिलाएर परीक्षा संचालन गर्न दिएको अनुरोधलाई कमजोर ठानी सदस्य सचिव अर्थात् विवादस्पद, असक्षम ब्यक्तिले विज्ञ एवं प्राज्ञिक व्यक्तित्व प्राध्यापकहरूमाथि डण्डा चलाएको सुहाउने कुरा होइन भनी विज्ञहरूले नै टिप्पणी गर्ने गरेका छन् । यस्ता असक्षम ब्यक्तिलाई राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिव जस्तो जिम्मेवार पद दिनु शिक्षा मन्त्रालयको पनि कमजोरी रहेको स्रँेतको भनाई छ ।
सत्ताको मातले मैमत्ता भएका बतास र रिमाललाई कुनै निकायले कारवाही गर्न नसके विप्लव माओवादीले तालाबन्दी र कालोमोसो दल्नेलगायतका जनकारवाहीको माग गर्दै उजुरी दिने तयारी केही कर्मचारीहरूले गरेको पनि स्रँेतले बताएको छ ।




