🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सरकारको नीति तथा कार्यक्रम जेठ ७ मा आउने

काठमाडौँ, जेष्ठ   : सरकारले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम आगामी जेठ ७ गते संघीय संसद्को संयुक्त सदनमा सम्बोधन गर्न राष्ट्रपतिसमक्ष अनुरोध गर्ने भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा वैशाख ३१  गते  बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले सो दिन अपराह्न ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्न अनुरोध गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए  । 

मन्त्रिपरिषद्ले प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भएको मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो भ्रमण अत्यन्त सफल र नेपालको हितमा रहेको निष्कर्ष निकालेको छ । सो भ्रमणले दुई देशबीचको सम्बन्ध थप मजबुत भएको अनुभूति र विश्वास मन्त्रिपरिषद्ले गरेको छ । 
–––