🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

काठमाडौंका मेयर बिद्यासुन्दर शाक्यलाइ जनताको खुलापत्र !

 काठमाडौं महानगरपालिकाका मेयरको काम सन्तोषजनक देखिएन। प्रमले यिनलाई यथोचित निर्देशन दिनुपर्यो। निर्णय फिटिक्कै नलिने, नयाँ काम गर्नै नसक्ने, धत्तेरिका, कस्ता परेछन् ! महानगरपालिकामा विशेष सहयोगी टिम खटाएर हुन्छ कि कसरी हुन्छ, महानगरलाई तिब्र अगाडी बढाउनुपर्यो। यति धेरै भित्रि साना बाटाहरु छन्, यिनलाई पिच गर्नुपर्यो, देब्रे-दाहिने केही फिट बढाएर दमकल छिर्ने बनाउनुपर्यो। भूकम्पमा चर्के-भत्केका जिर्ण घरहरु अहिलेसम्म उस्तै छन, तिनलाई के गर्ने निर्णय गर्नुपर्यो। नक्सा नबनाई बनाइएका कयौँ तले घरहरु छन्, तिनलाई के गर्ने ?

निर्णय गरेर कार्यान्वयनमा जानुपर्यो। धूलोधुवाँ, ढल ब्यबस्थापनको त अब यिनको पहुँच बाहिरको काम जस्तो लाग्यो। मेलम्ची नआए पनि, यही भएको पानीलाई सही सदुपयोग गरिएको छैन। हप्तामा एक घण्टा पानी आउँछ। घरमा भन्दा बाटोमा बगेर जाने पानी बढी हुन्छ। कसैका घरमा फालाफाल जाने बनाइएको छ, कसैकोमा तिरिक्क। यसमा पनि कसले हेर्ने हो ? सुधारियोस्। विजुलीका पोल, लत्रेका लठ्ठा, केबलका तारको त कुरा नगरम्। थापाथलीमा हिजो देखेको बाटै छेक्नेगरी हरेक १०-१५ मिटरमा NIC एसिया बैंकको बिज्ञापनका बोर्डहरु ! धत लोभीहरु !! 

टुरिस्ट ल्याउने हैन काठमाडौंमा ?  हामीलाई सुन्दर चाहिंदैन काठ्माडौं ?  बिज्ञापनका बोर्डहरु बाटोमा किन ? फेसबुकमा गर न, पत्रिका टिभीमा गर न बिज्ञापन । यी कुराहरुमा सरकारले खास योजना लिएर अगाडि बढ्नुपर्यो। मेयरले सकेनन् भनेर राजधानीबासीलाई पुरानै दुखमा नराखियोस्। प्रदेश छ, प्रदेश मन्त्री छन्, केन्द्रीय सरकार छ। केन्द्रीय मन्त्री छन्। राजधानी हो, मेयरलाई मात्रै नछोडौँ। यस्ता कामहरुमा अरुहरुले नि सहयोग गरौँ। १० बर्षमा स्वर्ग बन्ने कुरो छ जो।

अर्को सुझाव: सरकारले सामाजिक सन्जालमा, मेडियामा आएका राम्रा सुझावहरुलाई सङ्कलन गरेर सम्बन्धित निकायमा थप अनुसन्धान र कार्यान्वयनको लागि पठाउने पनि प्रबन्ध गरोस्। फ्रिमा पाएको सेवालाई किन नलिने ?

-Bishnu Sharma Nepal

A freelance hydropower engineer. BE Civil (Pulchowk), MSc Hydropower (Norway), PhD Sediment (UK)