🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पूर्वका तीन जिल्लामा टेलिफोन अवरुद्ध 

खोटाङ, २१ कात्तिक । नेपाल टेलिकमको अप्टिकल फाइवर लिंकमा खराबी आउँदा खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा टेलीफोन सेवा अवरुद्ध भएको छ । फाइवर लिंकमा खरावी आएपछि आइतबार दिउँसोदेखि तीन जिल्लामा टेलीफोन सेवा अवरुद्ध भएको हो ।

खोटाङको दिक्तेलबाट करिब २१ किलोमिटर दूरीमा रहेको रेग्मीटार आसपासमा फाइवर लिंकमा खरावी आएकाले टेलिफोन सेवा अवरुद्ध भएको नेपाल दूरसंचार कार्यालय खोटाङले जनाएको छ । 

टेलिकमका सबै सेवा अवरुद्ध हुँदा तीन जिल्लाका सर्वसाधारण समस्यमा परेका छन् । फाइवर लिंक मर्मतका लागि टोली पठाइसकिएको दूरसंचार कार्यालय खोटाङका प्रमुख खगेन्द्र मगरले बताए । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी कार्यक्रम भइरहेका बेला फोन अवरुद्ध भएपछि सम्पर्क र समन्वयमा वाधा पुगेको छ । 

न्युज कारखाना