🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

२० लाखमा बिक्यो ‘बद्री बहादुर’ को विदेश राइट्स

काठमाडौं । शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’को विदेश राइट्स बिक्री भएको छ । बुधबार निर्देशक बस्नेतले पूजा तामाङलाई विदेशको सम्पूर्ण राइट्स बेचेका हुन् । पूजा तामाङले विदेश राइट्सका लागि नगद २० लाख तिरेर सम्झौता पत्रमा हस्ताक्षर गरेकी छन् । अब विदेशमा फिल्म प्रदर्शनको हक पूजाको हातमा हुनेछ । नेपालबाहेकका अन्य देशमा फिल्म प्रदर्शन गर्न चाहनेले पूजासँग सम्पर्क गर्नुपर्ने हुन्छ ।

सञ्चारकर्मी रवि अधिकारीको कार्यकारी निर्माण रहेको फिल्मको नेपाल प्रदर्शन मिति केही दिनमा तय हुनेछ । केही दिनमा सलोन बस्नेत र पूजा शर्मा फिचर्ड गीत सार्वजनिक गर्दै निर्माण प्रचारमा जुट्नेछ ।

रामकाजी घिमिरेको लेखन रहेको फिल्ममा जयकिशन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत, धिरेन शाक्य, एलिना गुरुङलगायतका कलाकारहरुको अभिनय छ । एलिनाले यही फिल्मबाट रजतपटमा डेब्यु गर्दै छिन ।

विनोद सापकोटाको छायांकन रहेको फिल्ममा टंक बुढाथोकी÷उजन नेम्वाङको संगीत, शिव विकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व र बन्दे प्रसादको सम्पादन रहेको छ ।

काठमाडौं, लमजुङ, धरान र संखुवासभा जिल्लामा छायांकन गरिएको फिल्मको सहायक निर्देशकमा रामजी राउत र ज्ञानकुमार कटेल रहेका छन् ।

एबी पिक्चर्स फार्म र सलोन सलीना व्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता विजय गोपाल दली हुन् । फिल्मको निर्मातामा मिथुन भोटे रहेका छन् ।