🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

साउथ इण्डियन चलचित्र ‘पुष्पा’ले तोड्यो आरआरआरको ओभरसिज बिक्री रेकर्ड

मुम्बई । साउथ इण्डियन स्टार अल्लू अर्जुन र रश्मिका मन्दानाको फिल्म ‘पुष्पाः द राइज’ रिलिजपछि निकै नै चर्चामा आएको थियो । अब फ्यानहरू यो फिल्मको दोस्रो भाग ‘पुष्पा : द रुल’को प्रतिक्षामा छन् ।

भारतपछि रुसमा रिलिज हुने यो फिल्मको ओभरसिज थियट्रिकल राइट्स महंगो रकममा बिक्री हुने भएको छ । यो फिल्म ८० करोड रुपैंयाँभन्दा बढीमा बिक्री हुन लागेको हो ।

यसको मूल्य आधिकारिक रुपमा तय भए पनि निर्माता र किन्ने पक्षबीच आधिकारिक रुपमा सम्झौता भइसकेको छैन । यो मूल्य फिल्म ‘आरआरआर’ भन्दा पनि महंगो हो । फिल्म ‘आरआरआर’को ओभरसिज थियट्रिकल राइट्स ७० करोड रुपैयाँ हो ।

यो फिल्मको रिलिज बारे आधिकारिक सूचना बाहिर आएको छैन । तर, फिल्म निकट स्रोतका अनुसार फिल्म सन् २०२३ को अगष्टमा रिलिज हुने छ ।