🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कांग्रेसद्वारा बागी उम्मेदवार, तिनका प्रस्तावक र समर्थकलाई कारबाही

काठमाडौँ, २३ कात्तिक (रासस) : नेपाली कांग्रेसले पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिएका नेतासहित पाँच जनालाई कारबाही गरेको छ । उदयपुर निर्वाचन क्षेत्र नं २ का क्षेत्रीय सभापति रामकुमार राई, उहाँका प्रस्तावक लीलाराज दनुवार र समर्थक मीनकुमार दाहाललाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको  हो । 

अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाका अनुसार उदयपुरकै क्षेत्रीय प्रतिनिधि जयप्रसाद सुवेदी र निजका प्रस्तावक प्रदेश अधिवेशन प्रतिनिधि भरत कार्कीलाई पनि कारबाही गरिएको छ  ।

कांग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ (पाँच) वर्षका लागि पाँचै जनालाई सदस्यतासमेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिएको ढुङ्गानाले बताउनुभयो ।

पार्टीको नीतिविपरीत बागी उम्मेदवार बनेका, निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकाको नामावलीसमेत अभिलेखबाट हटाइने कांग्रेसले जनाएको छ । 
–––