🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपालमा यी पाँच रंगमा ह्वाजी मिनी इभी उपलब्ध हुने, कति पर्छ मूल्य ?

काठमाडौँ । चीनमा उत्पादित  विद्युतीय सवारी  ह्वाजी मिनी इभी अब नेपालमा पनि पाँच रंगमा  उपलब्ध हुने भएको छ । बढ्दो पेट्रोलियम पर्दाथको मूल्यका बिचमा नेपालमा पनि विद्युतीय सवारीसाधनको आकर्षण बढिरहेका बेला ह्वाजी मिनी इभीले सेतो, रातो, कालो, पहेँलो र हरियोसहित पाँच रंगको विकल्प दिएर करिब एक महिनामा काठमाडौँबाट  बिक्री वितरण  सुरू गर्ने तयारी गरेको छ । 

जसका लागि उत्पादक कम्पनी ह्वाजी भेहिकल्स र हिमालयाज भेहिकल भेञ्चर (एचभिभी) प्रालिबिच आधिकारिक सम्झौता भइसकेको छ । कम्पनीका प्रतिनिधि पशुपति दवाडीका अनुसार अबको करिब एक महिनामा  काठमाडौँमा ह्वाजी मिनी इभीको शोरुम र सर्भिस सेन्टर सञ्चालनमा ल्याइने भएको छ । 

उपभोक्ताहरुले यसको डिजाइन तथा फिचरबारे जिज्ञासा राखेका बेला ह्वाजी मिनी इभी परम्परागत चारपाङ्ग्रे मोटरकै डिजाइनमा उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका प्रतिनिधि  दवाडीका अनुसार यसको अग्रभागको दुई छेउमा गोलाकार हेडल्याम्प हुनेछ भने मध्यभागमा ह्वाजी मिनी इभीको लोगो हुनेछ । 

५ दशमलव ५ इन्चको एलसिडी इन्स्ट्रुमेन्ट कन्सोल तथा ब्लुटुथ कनेक्टिभिटी सहितको ९ इन्चको इन्फोटेन्मेन्ट सिस्टम रहने ह्वाजी मिनी इभीमा आकर्षक लेदर–सिट उपलब्ध छ।  यसको अर्को सकारात्मक पक्ष यसको ब्याट्री पनि हो । 

जुन ह्वाजी मिनी इभीमा १८ दशमलव ४३ केडब्ल्युएच लिथियम–आयन ब्याट्री जडान गरिएको  कम्पनीले जनाएको छ । ह्वाजी मिनी इभीको मूल्य एक सातमा सार्वजनिक गर्ने कम्पनीले जनाएको छ ।