🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

३३ सेकेन्डमा विश्वकै ताता खुर्सानी खाएर गिनिज रेकर्ड

न्युयोर्क, २७ कात्तिक : संयुक्त राज्य अमेरिकाका एक व्यक्तिले विश्वको सबैभन्दा ताता क्यारोलिना रिपर खुर्सानी चाँडो खाएर गिनिज वल्र्ड रेकर्ड (जीडब्लुआर) बनाएका  छन् ।

क्यालिफोर्नियाका निवासी ग्रेगरी फोस्टरले सेप्टेम्बर १७ मा ३३.१५ सेकेन्डमा १० वटा ती खुर्सानी खाएर उक्त कीर्तिमान राखेको गिनिज वल्र्ड रेकर्ड्सले जनाएको छ ।

पछिल्लो उपलब्धिसँगै फोस्टरले ९ महिनाअघि ८ दशमलब ७२ सेकेन्डमा तीन क्यारोलिना खुर्सानी खाएको आफ्नै कीर्तिमान तोडेका हुन् ।  उनले छोटो समयमा अहिलेसम्मकै सबैभन्दा तातो खुर्सानी खाने कीर्तिमान बनाएका छन् ।

 फोस्टरले तातो हट सस कम्पनीको मालिक हुन् र आफ्नो खेतमा आफ्नै खुर्सानी उब्जाएका छन् । “ मलाई लाग्छ, यो पीडाको जोश हो,“ उनले जीडब्लुआरलाई भने । उनले पछिल्लो अनुभवलाई जतिसक्दो चाँडो कोइला खाने प्रयाससँग तुलना गरे ।

एजेन्सी

…..