🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपालीले तीन महिनामा १२ करोड २९ लाख रुपैयाँभन्दा बढीको टुथब्रसले दाँत माझे

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपालले १२ करोड २९ लाख रुपैयाँभन्दा बढीको दाँत माझ्ने ब्रस (टुथब्रस) आयात गरेको छ । २०७९ सालको साउन, भदौ र असोज तीन महिनामा नेपालले उक्त मुल्य बराबरको टुथब्रस आयात गरेको हो । भन्सार विभागका अनुसार पछिल्लो तीन महिनामा कुल १२ करोड २९ लाख ५० हजार रुपैयाँको १ करोड ७ लाख ३१ हजार ५३३ थान टुथब्रस बिभिन्न देशबाट नेपाल भित्रिएको छ । 

नेपालले अष्ट्रेलिया, बंगलादेश, क्यानडा, चीन, भारत, इजरायल, दक्षिण कोरिया, मलेसिया, थाइल्याण्ड र युनाइटेड अरब इमिरेट्सबाट टुथब्रस आयात गरेको छ । नेपालमा सबैभन्दा बढी टुथब्रस भारत र चीनबाट आउने गरेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा भारतबाट ९ करोड २ लाख ४७ हजार रुपैयाँ र २ करोड ४० लाख ८४ हजार रुपैयाँको टुथब्रस नेपाल भित्रिएको विभागले जनाएको छ । 

यस्तै बंगलादेशबाट २० लाख ३८ हजार रुपैयाँ र मलेसियाबाट ५८ लाख ८४ हजार रुपैयाँको टुथब्रस नेपालले बितेको तीन महिनामा आयात गरेको छ । विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट १२ करोड ६३ लाख १ हजार रुपैयाँको ९८ लाख ७९ हजार ७०१ वटा टुथब्रस आयात गरेको थियो ।