🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जर्नेल बस्नेतलाई प्रधानसेनापति बन्ने रहर 

  नेपाली सेनाका उपरथी अनुज बस्नेत अंग्रेजीमा स्टाफ कलेजको जाँच दिन नसक्ने भएपछि नेपालीमा स्टाफ कलेज पास गरेर पूर्व महारथीहरूको चाकडी कै भरमा अवकाशको मुखमा पुगिसक्दा पनि राजनीतिक शक्तिको बलमा ब्यूँतिएर हाल उपरथीमा कार्यरछन् ।

उनी भावी योजना बनाउन र विगतका असन्तुष्ट व्यक्तिहरूलाई प्रयोग गरी योजना कार्यान्वयन गर्न लगाईरहेको हामीले सुनेका छौं । यी जर्सा’ब कहिले नगरकोटको होटलतिर गोप्य र कहिले धुलिखेलमा गई रातभरि योजना बनाउछन् रे । 

 आर्मीको नीति तथा योजना बनाउनका लागि त क्षमतावान पनि हुनुपर्ने हो । तर यी जर्सा’ब हरेक काम चाकडी, चाप्लुसी गरेकै भरमा सफल हुन चाहन्छन् र त्यसैको खेतीमा लागिरहन्छन् भन्ने हामीले सुनेका छौं । यिनका लागि थिंकट्यांक मानिएका छन्, प्रधानसेनापतिको सपना देख्दादेख्दै अवकासमा परेका जर्नेल विनोज बस्नेत । जर्नेल विनोज बस्नेतलगायतकाले ब्याकअप गर्दैछन् रे भन्ने पनि सुनेका छौं ।

अब सबै थोक छाडेर सबै जना अनुजलाई चिफ बनाउनुपर्छ भन्दै नेपाल प्रहरी हाकिमहरूको शैली  अपनाउँदैछन् भन्ने सुनेका छौं । विगतमा रक्षा मन्त्री भीमसेनदास प्रधानकी श्रीमती र अनुज बस्नेतको ‘रानी’ साहिबा क्लास मेट भएको नाता जोड्दै विशेष व्यवस्था गरेपछि अनुज बस्नेतको पदावधिको म्याद २ दिन बराबरमा  थपिएर आयो । आर्मी हेडक्वार्टरमा सबै चकित परे ।

जसले गर्दा यो पटक पनि विशेष ब्यवस्था गरेर भएपनि हालका मन्त्रिपरिषदका सदस्यहरूलाई प्रभावमा पार्ने र आफू प्रधानसेनापति बन्ने सपना बोकेर हिंडेका छन् रे । यसरी राजनीतिक शक्तिलाई अनेक तरिका अपनाएर प्रयोग गरी म्याद थप्ने जर्साबलाई के कारवाही हुन्छ त ? 

 कुनै राजनीतिक नेताले स–सानो दर्जाको अधिकृतहरूलाई मर्का परेको समस्या राखेर सरुवा गर्न अनुरोध गर्दा डोसियरमा लेखिदिने सैनिक सचिव सहायक रथी खड्क मल्ललाई सोध्न चाहन्छौं कि अनुज बस्नेतको डोसियरमा राजनीतिक पावर लगाई दवाव दिएको भनेर लेखिएको छ कि छैन ? हाल अनुज बस्नेत चुपचाप देखिन्छन् र नेतृत्वले खासै ख्याल गरेको पाइँदैन । तर, यिनी भित्रभित्रै नेतृत्वको बद्नाम गरी आफू प्रधानसेनापति बन्न दुनो सोझाईरहेका छन् ।

राजनीतिक वृत्तमा आफू सेनापति बन्न सक्ने सम्भावनाहरू बताउँदै हिंडेको हामीले नै भेटेका छौं । सेनामा राजनीतिक प्रभाव नगर्न पहिला जर्नेल अनुजलाई कारवाही गरियोस् अनि मात्र स–साना दर्जाका अधिकृतहरूले आँट गर्दैनन् । जर्नेल अनुजले जे गरेपनि हुने र अन्यलाई चाहिं कारवाही गर्ने छुट कसरी भयो सैनिक सचिवज्यू ?                                                                      –भवदीय, सैन्य अधिकृतहरू, आर्मी हेडक्वार्टर,नेपाल