🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जनार्दनलाई आउट गर्न को को लागे ? 

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच एकताको सूत्रधारकारुपमा चर्चा पाएका पूर्वमाओवादी नेता जनार्दन शर्माको सपना चकनाचुर भएको छ । हुन पनि एमाले र माओवादी केन्द्रलाई एकीकरण गर्न सानोतिनो प्रयास गरेका थिएनन् । शर्मासहितको टोली एकताको वातावरण बनाउदै जाने उता एकताविरोधी समूह विगार्दै जाने अवस्था थियो ।

जोखिमपूर्ण यात्रा गरेर एकीकरणको पाटो सल्टाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका शर्माको सपना एकीकृत पार्टी नेकपाको सचिव बन्ने थियो । स्रँेत भन्छ, उनलाई अध्यक्ष्ँ प्रचण्ड र केपी ओलीले ग्रिन सिग्नल समेत दिएका  थिए ।  साथ दियो पूर्व एमाले नेता विष्णु पौडेलको । तर, सबैलाई टप्दै एमाले उपमहासचिव पौडेल नेकपाको शक्तिशाली पद महासचिव बन्न सफल भए । तर, शर्मा हाईकमाण्डको सदस्य हुन सकेनन् । अहिले स्थायी समितिमा मात्रै पर्ने देखिएको छ ।

स्रँेतका अनुसार, शर्मालाई रोक्न पूर्वमाओवादीभित्र प्रशस्त कसरत भएको थियो । स्रँेत भन्छ, पूर्वमाओवादी केन्द्रभित्रकै केही नेताहरू जसरी पनि शर्मालाई अगाडि जान दिने पक्षमा छैनन् । शक्ति वस्नेत, चन्द्रप्रकाश खनाललगायतको टोली खुलेर शर्माको विपक्षमा लागेको चर्चा छ ।

हुन त यसअगाडि सचिव भइसकेका गिरिराजमणि पोखरेल, बर्षमान पुन, टोपबहादुर रायमाझी पनि शर्माको विपक्ष्ँमा थिए भने कोषाध्यक्ष भएका हरिबोल गजुरेल पनि शर्माको पक्ष्ँमा देखिएनन् । यो टोली शर्मालाई सकेसम्म रोक्ने खेलमा लाग्यो । त्योभन्दा बढी चँहिं बर्षमान पुन नै शर्मालाई रोक्न लागे जसले गर्दा शर्माको सचिव हुने सपना चकानाचुर भयो । स्रँेतको दावी छ, माओवादी केन्द्रका अन्य नेताभन्दा अहिले प्रचण्ड र ओलीका विश्वासपात्रमा शर्मा नै पर्छन् । 

अहिले हाइकमाण्डमा दुई जना नेता थप्ने हल्ला पनि चलेको छ । ९ सदस्यीय हाइकमाण्डमा पूर्वएमाले र पूर्वमाओवादी केन्द्रबाट १÷१ जना थप्ने चर्चा चलेको हो । पूर्व एमालेमा अहिल भीम रावललाई हाइकमाण्डमा नराखेपछि चर्को असन्तुष्टि बढेको छ । त्यसलै रावल र शर्मालाई थपे हाइकमाण्ड ११ जनाको बनाउने बारे चर्चा चलेको भएपनि संख्या थप गर्दा महिला, मधेशी भन्दै समावेशीको मुद्दा उठ्ने भएका कारण तत्काल यो संख्या बढाउने पक्षमा नेताहरू देखिएका छैनन् । स्रँेत भन्छ, अध्यक्ष केपी ओली र प्रचण्डमाथि थामी नसक्नु दबाब रहेको छ । स्वयम् महासचिव विष्णु पौडेलले पनि आफ्नो सहजताका लागि शर्मालाई थप गर्न चाहेका छन् ।