सरकारी कार्यालय, संघ÷संस्था तथा वित्तीय एवं सहकारी संस्थाहरु विहानको १० बजेदेखि बेलुकाको ५ बजेसम्म खुल्छन् र सार्वजनिक विदाका दिन बन्द हुन्छन् । तर, पछिल्लो समय बजारमा वित्तीय–सहकारी संस्थाबाट ऋण खाने भन्छन्, बैंक वा सहकारीले राति ८ देखि ९ बजे त फोन गर्छ नै तर, आजभोलि त विहान ४ नै नबजी फोन गरेर ऋणीलाई आतंकित बनाउन थालेका छन् ।
कानूनमा कार्यालय समयावधिभन्दा अघिपछि मानिसहरुलाई यसरी फोन गर्न पाइ“दैन तर के यिनीहरुले यस्तो अत्याचार गर्न मिल्छ । वित्तीय, सहकारी संस्थाहरुले अहिले आफ्नो संस्थाबाट ऋण खाने मानिसलाई धम्क्याउने वा दवाव दिने काम गरिरहेको भनेर ऋणीहरु गुनासो गर्छन् ।
३५ दिनभित्र बैंक, सहकारी संस्थाबाट लिएको कर्जाको साँवाब्याज नै चुक्ता नगरेमा नाम वा फोटो सहित पत्रपत्रिकामा निकाल्ने, कालोसूचीमा राख्ने र धितो पनि लिलाम गर्ने भन्दै दबाब दिइरहेको भनेर ऋणीहरु गुनासो गर्छन् ।
यसरी बैंकहरुले सर्वसाधारणमाथि आतंक मचाइरहेका छन् र रु. २ करोडको धितो रु. १ करोड मै जबर्जस्ती हड्पीरहेका छन् । यता २ करोडको धितो राख्दा १ करोड ऋण दिने तर त्यसमा पनि लगभग रु. २० लाख त सेवा शुल्क, घुस र ब्याज गरेर सिध्याइदिने अनि रु. ८० लाखमै रु. २ करोडको धितो हड्पिने गरेको गुनासो छ । यो त सरासर डा“कावाला काम भएन र ?
वित्तीय संस्थाहरुले ऋणीमाथि यसरी दाधागिरी देखाउँदा वा उनीहरुको सम्पत्ति लुट्दा पनि नेपाल राष्ट्र बैंक र गठबन्धन सरकार रमिते बनेर बसिरहेको छ ।
वित्तीय संस्थाकै कारण आज करोडौँ जनता सुकुम्बासी हुने अवस्थामा पुगेका छन् र यो सहन नसकेर वा ऋण तिर्न नसकेर कतिले आत्महत्या गरे, गर्छन् त कतिले मानसिकता नै गुमाउँदैछन् । जबसम्म बैंक तथा वित्तीय संस्थाको यस्तो ठगी वा लुटको धन्दाविरुद्ध जनता पनि एकजुट भएर सडकमा आउँदैनन् तबसम्म यस्तो प्रवृत्ति कायम रहने छ ।
बैंकले नेपाल राष्ट्र बैंकबाट ५ प्रतिशत ब्याजमा कर्जा ल्याउने अनि सर्वसाधारणलाई भने धितो राखेर २० प्रतिशतसम्म ब्याजमा लगानी गर्ने गर्छन् । अहिले बैंक तथा वित्तीय संस्थाबाट घरजग्गा, गाडी, सेयर वा गरगहन धितो राखेर ऋण लिनेहरु वित्तीय संस्थाकै कारण मर्ने कि बाँच्ने अवस्थामा पुगेका छन् ।
त्यसैले अब मनपरी गर्ने, जबर्जस्ती धितो हड्पिने वित्तीय संस्थाका जिम्मेवारहरुलाई पीडितहरु एकजुट भएर आन्दोलन गर्नुपर्छ वा वित्तीय संस्थाका सञ्चालक, अध्यक्षलाई तानेर सडकमा ल्याउनुपर्छ होइन भने आफ्नो धितो नै माया“ मार्नुपर्छ र बाटोमा माग्न बस्नुपर्छ ।
वित्तीय संस्थाले हिजो कर्जा प्रवाह गर्ने समयमा ऋण खाने ऋणीको सबै सम्पत्ति नै रोक्का गरिसकेका छन् र अब त्यो सम्पत्ति पनि वित्तीय संस्थाले लिलाम गरेर खाइपछि त्यो ऋणीसँग त सुकुम्बासी हुनुबाहेक अरु केही विकल्प नै हुँदैन । त्यसैले अब वित्तीय संस्थाको ठग र लुटको धन्दाविरुद्ध जनता एकजुट हुनुपर्छ र सञ्चारकर्मीहरुले पनि सशक्त ढंगले कलम चलाउनुपर्छ । साथै सरकारले पनि वित्तीय संस्थाका सञ्चालक, अध्यक्षमाथि छानबिन गरी कारबाही गर्नुपर्छ र संस्थाको दर्ता नै खारेज गर्नुपर्छ ।
पहिलापहिला राणाशासनकालमा वा पञ्चायतकालमा सामन्त वा शोषकहरुले गरिबलाई १ लाख ऋण दिएर १० लाखको तमसुक गराउँथे र त्यो ऋण तिर्न नसकेपछि त्यो गरिबलाई धनीले आफ्नो घरमा दास बनाउँथे । अहिले बैंक तथा वित्तीय संस्थाहरुले ऋणीलाई सडकमा पु¥याउने काम गरेका छन् ।
यता वित्तीय संस्थाहरु ऋणीलाई खुलेआम भन्छन्, आन्दोलनले हामीलाई केही असर गर्दैन । त्यस्तै यता आन्दोलन गर्ने उद्योग व्यवसायी नेपाल उद्योग बाणिज्य महासंघ, होटेल व्यवसायी, यातायात व्यवसायी महासंघ, सेयर लगानीकर्ता, ऋणी वा अन्य व्यवसायीहरुले राजनीतिक पार्टीको झोला बोकेका छन् र वित्तीय संस्थाको विरुद्ध आन्दोलन गर्नेबित्तिकै माथिबाट दवाव परिनै हाल्छ ।
तपाईं आन्दोलन नगर्नुस्, हामी तपाईंहरुको लागि ब्याज घटाउँछौँ भनेर राजनीतिक दलले नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छालाई फोन गर्छन् र महासंघका अध्यक्ष गोल्छा जनताको मर्का नै नबुझी आन्दोलन नै स्थगित गरेर गठबन्धन सरकारको चाकडीमा लाग्छन् ।
वित्तीय संस्थाबाट ऋण लिनेहरु ऋण तिर्न नसकेर पागल भइरहेका छन् तर महांसघका अध्यक्ष गोल्छा भने बल्लतल्ल पीडा, व्यथा बोकेर सडकमा उत्रिएका जनताहरुलाई पनि आन्दोलन गर्नबाट रोक लगाउँछन् ।
जिल्लाजिल्लाबाट वित्तीय संस्थाको विरोधमा पीडित ऋणी तथा व्यवसायीहरु सडकमा उत्रिसकेका थिए र पीडकहरुलाई घेर्ने तथा ताल्चा लगाउने काम गरिसकेका थिए । त्यस्तै प्रदेशप्रदेशमा वित्तीय संस्थाको विरोधमा जनताहरु बाहिर निस्कने क्रम बढिसकेको थियो तर महासंघका अध्यक्ष शेखर गोल्छाले गठबन्धन सरकारको चाकडी गर्दै वित्तीय संस्थाको प्रभावमा चर्केको आन्दोलन पनि भङ्ग गरे ।
अहिले व्यवसायीहरु भन्छन्, अध्यक्ष गोल्छाले आफूले बैंक तथा वित्तीय संस्थाहरुबाट जति ऋण लिएका थिए, त्यो ऋणको ब्याज नतिर्ने र साँवा तिर्ने समयावधि पनि लम्ब्याएको हुनाले उनले आन्दोलन स्थापित गरेका हुन् ।
त्यस्तै यता कति व्यवसायी भन्छन्, महासंघका अध्यक्ष पदबाट अब शेखर गोल्छाले तुरुन्तै राजीनामा दिनुपर्छ, हामी व्यवसायीहरु डुबिसकेका छौँ वा वित्तीय संस्थाको ऋण तिर्न नसकेर सुसाइट गर्नुपर्ने अवस्थामा पुगिसक्यो तर अध्यक्ष गोल्छा भने हाम्रो हितमा काम नगरी आफ्नो फाइदाका लागि काम गर्ने ।
वित्तीय संस्थाबाट ऋण खानेहरुको पछिल्लो समय संस्थाले दिनहुँ जस्तो पत्रपत्रिकामा फोटो निकालिरहेका छन्, कालोसूचीमा राखिरहेका छन् र घरमा चिठी पठाइरहेका छन् । व्यवसायीहरु यस्तो अवस्थामा पुग्दा पनि महासंघका स्वार्थी अध्यक्ष गोल्छाले पीडित व्यवसायीको हितमा नबोलेको, सडक आन्दोलनमा हस्तक्षेप गरेको, धितो लिलाम हुनबाट नरोकेका र वित्तीय संस्थाले बढाएको ब्याज नघटाएकाले पीडित व्यवसायीहरु गोल्छामाथि आक्रोशित भएका छन् ।
त्यसैले अब गोल्छाले कि त आन्दोलन चर्काउनुपर्छ होइन भने महासंघको अध्यक्ष पदबाट राजीनामा दिनुपर्छ । वित्तीय संस्थाबाट धितो राखेर ऋण खानेहरुलाई अहिले रातमा निन्द्रा न दिनमा भोक भइरहेको छ । बैंकले धितो रोक्का गरेर पनि मिटरब्याजमा कर्जा लगानी ग¥यो त सहकारीले कर्जाको ५० प्रतिशतसम्म ब्याज लियो भन्दै ऋणीहरु गुनासो गर्छन् ।
पछिल्लो समय वित्तीय संस्था वा बैंक तथा सहकारीहरुमा कर्जा माग्न गएमा कतिले त बाहिर नै हामी कर्जा प्रवाह गर्दैनौँ भनेर सूचना टाँसेका हुन्छन् त कतिले सूचना जारी नगरे पनि कर्जा प्रवाह गर्दैनन् ।
त्यस्तै यता कति बैंकले त रु. १ करोडको धितो छ भने ४० लाख ऋण दिने र ४० लाखमा ३ लाख सेवाशूल्क र घुस गरी सिधिँने र ब्याज पनि २० प्रतिशतसम्म लिने गरेको भनेर सुनिन्छ भने कति बैंक, फाइनान्स वा सहकारीका सञ्चालक वा अध्यक्षहरुले पहिला सर्वसाधारणलाई कर्जा दिने पैसा छैन भन्ने र आफ्नो पैसा भनी बहाना लगाई संस्थाकै पैसा दिई महिनाको ५ हजारदेखि ३० हजारसम्म १ लाखको ब्याज लिने र त्यसमा पनि पहिलानै ३० हजार ब्याज काट्ने गरेको पनि सुनिन्छ ।
पछिल्लो समय वित्तीय संस्थामा पैसा राख्ने कोही छैन त झिक्नेको भीड लागेको छ भने वित्तीय संस्थाबाट कर्जा खानेले कर्जा नतिर्ने वित्तिकै वित्तीय संस्थानै धरायसी हुने अवस्थामा पुगेको छ । वित्तीय संस्था डुबेपछि वा धरायसी भएपछि अहिले वित्तीय संस्थाका कर्मचारीहरु पनि भटाभट जागिर छोडिरहेका छन् र संस्थाका सिइओ वा सञ्चालकहरु पनि धमाधम राजीनामा दिइरहेका छन् ।
त्यस्तै वित्तीय संस्थाले धितो राखेर दिएको कर्जाको पनि साँवाब्याज नै नउठ्ने अवस्थामा पुगिसकेको छ र ऋणीले पनि ऋण नतिर्ने भनेर भनिसकेका छन् । त्यसैले पनि अहिले वित्तिय संस्थामा पैसा राख्ने कोही छैनन् र भएका पनि निकाल्नका लागि लाइनमा बसिरहेका छन् । यता वित्तीय संस्थाले रोक्का गरेर दिएको कर्जाको धितोको मूल्य पनि घट्दै गइरहेको छ ।
दुईवर्ष अगाडि १ करोड मूल्य पर्ने धितो राखेर ६० लाख कर्जा प्रवाह गरे, त्यसको साँवाब्याज जोडेर ९० लाख पुग्यो तर करोड मूल्यको धितो आज लाख रुपैँयामा आइपुग्यो । वित्तीय संस्थाहरु यसरी डुबे र पीडितहरु भाग्नुपर्ने दिन आइपुग्यो । पछिल्लो समय बजारमा न घरजग्गा नै किन्ने मान्छे छ न गाडी र सेयर । अहिले घरजग्गा, गाडी र सेयर बेच्नेहरु त यत्तिकै भेटिन्छन् तर किन्ने कोही छैनन् ।
घरजग्गा, गाडी, सेयरको दलाली गर्नेहरु पनि डुबेर नेपाल नै छोडेर भागिसकेका छन् वा नभागेकाहरु पनि मोबाइलको स्विच बन्द गरेर लुकेर हिंडिरहेका छन् । अहिलेपनि कलाकार नचाएर वा विज्ञापन बजाएर वित्तीय संस्थाले जनतालाई बढी ब्याजको प्रलोभनमा फसाइरहेका छन् तर पछिल्लो समय यिनीहरु डुबिसकेका छन् ।
भर्खरै यस्तै घटना भएको सहकारी पनि घण्टामै कता हराउँछन् भनेर समेत अहिले ठेगान छैन । नेपालका केही विकास बैंक, बैंक, फाइनान्स तथा सहकारीहरु यति चाँडो डुब्छन् वा यसरी टाट पल्टिछन् भनेर जनताले कल्पना समेत गरेका थिएनन् । तर, सहकारी संस्थाहरुले ऋणीलाई त डुबाए नै त्यसको साथसाथै डिपोजिटरलाई पनि डुबाए र हुँदाहुँदै आफैँ पनि डुब्दैछन् ।
अब सहकारी संस्थाको विरोधमा घरघरबाट जनताहरु सडकमा उत्रिन बाध्य हुनुपर्ने दिन आएको छ । वित्तीय संस्थाहरु र ठग सहकारी संस्थाहरुले जनता ठग्न राखेको साइन बोर्ड निकालेर फाल्नुपर्ने अवस्था आएको छ ।
रुषा थापा, भक्तपुर




