🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुने अनियिमत कामको छानविन होस् 

सम्पादकज्यू नमस्ते 

हामीले साँघु साप्ताहिकलाई पठाएका नेपाली सेना सम्बन्धी बेथितिका चिठी, पत्रहरुलाई प्रकाशित  गरिदिनु भएपछि प्रधान सेनापतिज्यूले सोही अनुरुप सेनाका सम्बन्धित युनिट तथा निकाय भित्र ब्अतष्यल लिई रहनु भएको जानकारी पाउँदा हामी पीडित धेरै खुसी छौं । प्रधान सेनापति प्रभुराम शर्माज्यू  साँघु परिवारलाई धेरै धेरै धन्यवाद ।

नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा नर्सिङ्ग कलेजमा  स्थापनाकालदेखि नै भइरहेका बेथिति तथा डरलाग्दो रुपमा फष्ट्याई रहेको छ ।   स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा नर्सिङ्ग कलेजमा हुने अनियमित कार्य र भ्रष्टाचारमा अझै कुनै सुधारको संकेत देखिएको छैन ।

विगतमा डाक्टर पढिसकेका मध्ये परीक्षा शाखाका करारका कर्मचारी तथा  त्रिभुवन विश्वविद्यालयबाट खटिने प्रतिनिधि तथा स्वयम् त्यहाँका प्रमुख अधिकृतहरुको मिलेमतोमा प्रश्न पत्र आउट गरि डाक्टर बन्न सफल भएका केही चिट चोर डाक्टरहरुबाट विरामीको स्वास्थ्य जोखिममा रहेकोले उक्त मेडिकल कलेजबाट डाक्टर पास भएका डाक्टरहरुलाई पुन मेडिकल काउन्सिलबाट परिक्षा लिनु पर्ने देखिन्छ ।

साथै शुरुदेखि चिट चोराउने प्रश्न पत्र आउट गरी ठूलो लाभ लिई रातारात करोडपति हुने परीक्षा शाखाका करारका कर्मचारी तथा  त्रिभुवन विश्वविद्यालयबाट खटिने प्रतिनिधि तथा स्वयम् त्यहाँका प्रमुख अधिकृतहरुको खोजी गरी अनुसन्धान गर्न अनिवार्य रहेको छ । 

साँघु पत्रिकाको अघिल्लो अंकमा प्रकाशित सो सम्बन्धी समाचारलाई लिएर संस्था भित्र खासै खोज अनुसन्धान नहुनु कुनै समिति नबन्नु आश्चर्य लागेको छ । यस मामलामा हालका नेपाली सेनाका स्वास्थ्य प्रमुख देखि जिम्मेवार निकायका पदाधिकारीहरुले आफू समेत फसिने डरले हो वा के कारणले हो प्रधान सेनापतिको आँखामा धुलो हालि रहेको जानकारी प्राप्त हुन आएको हुँदा समयमै सम्वन्धित निकायले यस विषयमा गम्भीर भई अनुसन्धान गर्न सके विरामीहरुले नक्कली डाक्टरहरुबाट उपचार पाउनु पर्ने थिएन र ज्यानको जोखिम हुने थिएन । 

   लामो समयदेखि पैसाको बलमा करार नवीकरण गरी कल्याणकारी कोषको रकमको अलावा छानी छानी विद्यार्थीहरुका अभिवावकहरुबाट मोटो रकम असुली प्रश्न पत्र आउट गर्ने परीक्षा शाखाका करारका कर्मचारीहरुलाई तत्काल हटाई अनुसन्धानको दायरामा ल्याउन तथा विभिन्न नयाँ कडा शर्त राखी कर्मचारी भर्ना गर्न सकेमा उपयुक्त हुने थियो ।

साथै कल्याणकारी कोषको रकमबाट विना अर्थमा करारमा बढी कर्मचारी भर्ना गरि वार्षिक रुपमा अर्ब भन्दा बढी रकम खर्च गरिरहेको पाईएको छ । आफ्ना मान्छे राख्न बढी र अनावश्यक संख्यामा करार मान्छे नियुक्ति गरी कोषको रकम दुरुपयोग भई रहेको  कुन कुन ठाउँमा के कति करारका कर्मचारी आवश्यक पर्छ भनि निश्चित रुपमा एउटा अनुगमन तथा पर्यवक्षण टोली बनाई पुनस् संख्या एकिन गरी राख्न सके सिपाहीको रगत पसिनाले आर्जेको कोषको ठूलो रकम बचत हुने थियो ।

साथै कल्याणकारी कोषको रकमबाट भर्ना भएका पुराना करारका अनावश्यक कर्मचारीहरुलाई चाहिं विदा गरी नयाँ नियुक्ति गर्न सके हाल भई रहेको बेथिति र अनियमित कार्यमा कमि आउने विश्वास गर्न सकिन्छ ।

भवदीय 
नेपाली सेनाका स्वास्थ्यकर्मीहरू