🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

उत्तरपूर्वी भारतमा प्रहरीको गोली लागेर ६ जनाको मृत्यु

नयाँ दिल्ली, (रासस/सिन्ह्वा) भारतका दुई उत्तरपूर्वी राज्य आसाम र मेघालयलाई विभाजन गर्ने सीमा नजिकै प्रहरीले चलाएको गोली लागेर कम्तीमा छ जनाको मृत्यु भएको मेघालयका मुख्यमन्त्री कोनराड संगमाले मङ्गलबार पुष्टि गरेका छन् ।

    घटना मेघालयको पश्चिम जयन्तिया हिल्स जिल्लामा भएको थियो । असम प्रहरी र असम वन रक्षकहरूले भीडमा अन्धाधुन्ध गोली चलाएका थिए ।

    सञ्चारमाध्यममा जनाइएअनुसार असम प्रहरीका अनुसार कर्मचारी र असम वन गार्डहरू ट्रकलाई पछ्याउँदै मेघालयको क्षेत्रमा प्रवेश गरेका थिए ।  त्यहाँ दुई पक्षबीच चर्को बहस भएको र त्यहाँ उपस्थित असमका सुरक्षाकर्मीले भीडमाथि अन्धाधुन्ध गोली चलाउँदा उक्त घटना घटेको बताइएको छ ।  

    सङ्गमाले ट्वीट गर्दै पश्चिम जयन्तिया हिल्स जिल्लाको मुक्रोह गाउँमा भएको दुर्भाग्यपूर्ण घटनामा असम प्रहरी र असम वन रक्षकहरूको गोलीबाट ६ जनाको मृत्यु भएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, “मृतकमध्ये पाँच जना मेघालयका बासिन्दा भएको र एक जना असम वन रक्षक भएको पुष्टि भएको छ । मृतकका शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।”

    उनका अनुसार यस अमानवीय कार्यका लागि जिम्मेवार व्यक्तिलाई कारबाही गर्न आफ्नो सरकारले सबै किसिमका कदम चाल्ने बताएका छन् ।

    यसैबीच मुख्यमन्त्रीले घटनाको निन्दा गर्दै मृतकका आफन्तहरूलाई ५ लाख भारतीय रूपैयाँ क्षतिपूर्ति उपलब्ध गराउँने घोषणा पनि गरेका छन् ।