🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पार्टीबाट असन्तुष्टसहित यी ५ जना स्वतन्त्रबाट निर्वाचित

काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको सबै मतपरिणाम आइसकेको छ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सोमबार सबै नतिजा आएको छ । 

१६५ सिटका लागि भएको निर्वाचनमा सबैभन्दा बढी कांग्रेसले ५७ सिट जितेको छ । साथै एमालेले ४४, माओवादी केन्द्रले १८, एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राप्रपाले ७, जसपाले ७, लोसपाले ४, नागरिक उन्मुक्ति पार्टीले ३, जनतम पार्टीले १, राष्ट्रिय जनमोर्चाले १ र नेमकिपाले १ सिट जितेको छ । बाँकी ५ सिटमा पार्टीबाट निकट नपाएका, विद्रोह गरेका र प्रक्रियामा नमिलेर स्वतन्त्र उम्मेदवारी दिएका व्यक्ति निर्वाचित भएका छन् । 

मोरङ ५ मा योगेन्द्र मण्डल, सर्लाही ४ मा अमरेशकुमार सिंह, रौतहट २ मा किरण साह, रौतहट ३ मा प्रभु साह र बर्दिया २ मा रेशम चौधरीका बुवा लालवीर चौधरी विजयी भएका छन् । मोरङ ५ बाट एमालेका बागी उम्मेदवार बनेका मण्डलले माओवादी केन्द्रका शिवकुमार मण्डललाई पराजित गरेका हुन् । एमालेले टिकट नदिएपछि उनी बागी उम्मेदवार बनेका थिए । 

सर्लाही ४ मा पनि कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका अमरेशकुमार सिंह निर्वाचित भएका हुन् । २०७४ सालमा पनि उनी निर्वाचित भएका थिए । तर, यसपटक पार्टीले टिकट नदिएपछि उनी स्वतन्त्र रुपमा उठेका थिए । 

यसैगरी रौहतट २ र ३ पनि एमालेसँग असन्तुष्ट समूहका नेता विजयी भए । एमालेसँग असन्तुष्ट भई रौतहट ३ मा प्रभु साहले उम्मेदवारी दिएका थिए । उनी निर्वाचित भए । उनकै समूहबाट रौहतट २ पनि स्वतन्त्र उम्मेदवारी दिएका किरण शाह निर्वाचित भए । उता बर्दिया २ मा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बन्न नपाएपछि रेशम चौधरीका बुबाले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी पनि निर्वाचित भए । 

नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएपछि उनका बुवा स्वतन्त्र  रुपमा उठेका थिए । उनलाई नागरिक उन्मुक्ति पार्टीको समर्थन थियो ।