🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सत्ता गठबन्धनमा जसपा फेरि सामेल हुन लागेको हो ?

काठमाडौं । आम निर्वाचनको मुखैमा कांग्रेस नेतृत्वको सत्ता गठबन्धन छाडेर एमालेसँग तालमेल गरेको जनता समाजवादी पार्टी (जसपा) अब कता लाग्छ भन्ने आम चासोको विषय बनेको छ । आइतबार जसपा अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको तालमेल निर्वाचनसम्मका लागि मात्र रहेकाले  सहकार्य सकिएको बताएसँगै जसपा अब कता लाग्छ ? भन्ने धेरैकाे चासाेकाे विषय बनेकाे हाे ।

उनले निर्वाचनपछि आफ्नो पार्टी नयाँ ढंगले अघि बढ्ने बताएका छन् ।  ‘एमालेसँग तत्काल केही सिटमा तालमेल गरेका हौं । कुनै मोर्चाबन्दी र गठबन्धन थिएन । चुनावमा हामीले केही सिट र एमालेले केही सिट छोडेको तर त्यो चुनावसँगै सकियो,' उनले भनेका थिए, ‘अब नयाँ धरातलमा नयाँ ढंगले सबैले आ-आफ्ना ठाउँमा कसरी जाने तय गर्ने अवसर पाएको छ ।’

अध्यक्ष यादवको पछिल्लो अभिव्यक्तिसँगै जसपाको आगामी बाटो कता ? भन्ने प्रश्न तेर्सिएको छ । जसपा अब सत्ता गठबन्धनमा फेरि सामेल हुन लागेको हो ? भन्ने न्युज कारखानाको प्रश्नमा जसपा प्रवक्ता मनिष सुमनले सबैतिर सम्भावनाको ढोका खुला रहेको बताए । एमालेसँग चुनावी तालमेल सकिए पनि सरकारमा सहभागी हुनेबारे एमाले वा कांग्रेस जोसँग पनि मुद्दाका आधारमा सहकार्य गर्न सकिने प्रवक्ता सुमनकाे भनाइ छ । 

उनले भने, 'एमालेसँग मात्र चुनावी तालमेल थियो, त्यो टुंगियो । सरकारमा सहभागी हुनेबारे जसले नागरिकता विधेयक लगायतमा हामीले उठाइरहेका मुद्दालाई पूरा गर्ने सहमति गर्छन्, जोसँग पनि सहकार्यको बाटो खुला छ । त्यो एमाले पनि हुन सक्छ वा कांग्रेस पनि ।' 

यद्यपि, यस पटक जनताले पार्टीले प्रतिपक्षमा बस्नुपर्ने खालको अभिमत दिएकाले सरकार बाहिर बस्न पनि तयार रहेको उनले उल्लेख गरे । प्रतिनिधिसभातर्फ जसपाले यस पटकको निर्वाचनमा प्रत्यक्षतर्फ सात सिटमा जित हासिल गरेको छ । भने, समानुपातिकतर्फ ४ लाख २० हजार ९४६ मत ल्याएको छ । 

धेरै सिट पाउन एमालेसँग तालमेल गरेका जसपा अध्यक्ष यादव भने सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सिके)सँग भारी मतान्तरले पराजित भए । तालमेल गर्दा पनि सर्मनाक हार व्यहारेपछि अध्यक्ष यादव एमालेसँग नाता तोड्न लागेको कतिपयको आकलन छ  ।