🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रधानमन्त्री बोल्दा आँच नआउने मुख्यमन्त्रीले बोल्दा शिर झुक्ने ? 

० केही समयअघि राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा)  केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने चर्चा चलेको थियो । हिजो आज यो चर्चा सेलायो कि कहाँ पुग्यो ? 
–केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा सहभागी हुनेबारे केही महिनाअघि छलफल चलेको हो । तर, त्यस्तो सम्भावना छैन ।

० तर, ओली नेतृत्वमा सरकार बनेसंगै सहभागी बन्ने उत्सुकता त तपाईंहरूले नै देखाउनु भएको थियो नि त होइन ? 
–यो गलत कुरा हो । हामीले प्रष्टरुपमा माग पूरा नभएसम्म सरकारमा सहभागी नहुने भनेर भनेका छौं । सरकारले पहिले संविधान संशोधन, जेलमा रहेका नेता तथा कार्यकर्ताको रिहाई, घाइतेको उपचार गर्नुपर्छ । यही विश्वासका आधारमा हामीले सरकारलाई समर्थन गरेका हौं । सरकारले हाम्रो माग पूरा गर्छ कि गर्दैन हामी प्रतीक्षाका साथ नियालिरहेका छौं । 

० भनेपछि राजपा पूरापूर बार्गेनिङ गरिरहेको छ ? 
–हामीले समस्या हल गर्नका लागि मत दिएका छौं । देशमा समृद्धि र सुशासन ल्याउने हो भने राजनीतिक स्थिरता विना सम्भव छैन । सरकारमा सहभागी हुने विषयमा हाम्रो सत्तारुढ दलसंग बार्गेनिङ हुन्छ । प्रचण्डजी अहिले थप शक्तिशाली हुनुभएको छ । उहाँले यसमा पहल गरेर समाधान निकाल्नु हुन्छ भन्ने हाम्रो विश्वास छ । 

० राजपा माग पूरा नभएपनि सरकारमा सहभागी हुन्छ हो ? 
–कतिपयले सरकारमा सहभागी भएर समस्याको समाधान गर्न भनिरहेका छन् । तर, विगतमा आश्वासन दिने तर पूरा नगर्ने प्रवृत्तिले हामीलाई सजग बनाएको छ । माग पूरा नभई हामी डेग चल्नेवाला छैनौं, यसपटक ।  

० बल सरकारको कोर्टमा छ भन्नु भयो । यी विषयमा संवाद कसरी अघि बढिरहेको छ त ? 
–सरकारले यसमा कुनै गम्भीरता देखाएको छैन । बरु अस्ति बजेटबारे सरकारलाई ज्ञापनपत्र बुझाउन गएका थियौं । बजेटबारे कुरा भयो, अरु विषयमा खासै कुरा भएन ।

० सरकारलाई दिएको समर्थन त यथावत छ नि होइन ? 
–सरकारलाई दिएको समर्थन अहिलेलाई जारी छ । भर्खरै सय दिन पार गरेकाले हामी सरकारले केही गरेन भन्ने पक्षमा छैनौं । आशावादी नै छौं । 

०  यसको अर्थ राजपा पर्ख र हेरको रणनीति अनुसार अघि बढिरहेको छ ? 
–हो, हामी अहिले पर्ख र हेरको रणनीतिमा छौं । सरकारलाई हामीले समर्थन गरेर साथ दियौं । अब सरकारले पनि हाम्रो चासोतर्फ ध्यान दिनुपर्छ भन्ने हाम्रो मत हो ।

० सरकारले तपाईंहरूलाई विश्वासमै लिएर जान्छ भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ त ? 
–हामी आशावादी छौं, तर विश्वस्त छैनौं । 

० सरकारले सय दिन पूरा गरेसंगै धमाधम समीक्षा आइरहेका छन् । राजपाले सरकारको सय दिनलाई कसरी विश्लेषण गरेको छ ? 
–सय दिनमा कुनै सरकारको समीक्षा गर्दा त्यो व्यवहारिक हुँदैन । उसले प्रारम्भिक चरणमा राम्रा कामहरूको सुरुवात गरेको छ । अझ भनौं यो अवधिमा सपना बाँड्ने काम भएको छ । त्यसलाई पूरा गर्ने गरी अघि बढ्नुमा नै सरकारको हित हुनेछ । सरकारले आफ्नै बुतामा पूर्वाधार निर्माणलगायतमा काम गरोस् भन्ने हाम्रो चाहना छ । म सरकारलाई तपाईंमार्फत आफ्नो लक्ष्यमा दृढतापूर्वक अघि बढोस् भन्ने शुभकामना दिन चाहन्छु ।

० सरकारले नीति तथा कार्यक्रम पनि सार्वजनिक गरेको छ । यसमा राजपाको चासोहरू सम्बोधन भए कि छुटाइए ? 
–जनताले दिएको म्यान्डेट अनुसार नीति तथा कार्यक्रम ल्याएको भनेर प्रधानमन्त्रीज्यूले भन्नुभएको छ । तर, यसमा धेरै कार्यक्रमहरू छुटेका छन् । दलितहरूको जनता आवास छ, तर मधेसमा यस्ता कुनै कार्यक्रम छैन । अल्प संख्यक र सीमान्तकृत समुदायलाई समेट्ने अरु अरु महत्त्वपूर्ण कार्यक्रम पनि यसमा परेको छैन । आउँदो बजेटमा यस्ता कार्यक्रम समेटेर सरकार अघि बढोस् भन्ने सुझाव दिन चाहन्छु । 

० एमाले–माओवादी मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको छ । यसलाई राजपाले कसरी हेरेको छ ? 
–हेर्नुस् पार्टी फुट्नु भनेको राम्रो कुरा होइन । टुटफुटले हामीलाई कमजोर मात्रै बनाउँछ । त्यसको असर कस्तो पर्छ भनेर हामीले विगत नियाले मात्रै पनि पुग्छ । टुटफुटबाट गुज्रिएको नेपाली राजनीति विस्तारै मिलापतर्फ गएको छ । मधेसमा ६ पार्टी मिलेर राजपा बन्यो भने एमाले–माओवादी मिलेर नेकपा जन्मेको छ । यो सकारात्मक कुरा हो । खासमा नेपालमा धेरै दल नै जरुरत छैन । अब सबै दल मिल्नुपर्छ । मलाई विश्वास छ, संघीयता, गणतन्त्रलाई स्थायित्व दिन यो एकताले थप आधार तय गर्नेछ । 

० अब राजपाबारे कुरा गरौं । एकता हुँदा १ वर्षपछि महाधिवेशन गर्ने भन्नु भएको थियो । तर अहिलेसम्म विधान निर्माणसमेत गर्न सक्नुभएको छैन । राजपा किन यस्तो भद्रगोल बनेको ? 
–६ दल मिलेर राजपा बनेको बिदितै छ । यी सबै दलको आ–आफ्नै विधान छन् । यिनलाई समेटेर एउटै विधान बनाउनु अलि कठिन काम हो । हामी विधि र प्रक्रिया, लोकतान्त्रिक मूल्य मान्यताअनुसार पार्टी सञ्चालन गर्न अघि बढिरहेका छौं । 

० एक वर्षमा विधान समेत बनाउन नसक्ने पार्टीले मधेस र मधेसीको हित रक्षा गर्छ भनेर  कसरी विश्वास गर्ने ? जनताले तपाईंहरूलाई किन पत्याउने ? 
–तपाईंहरूले आफ्नो ठाउँबाट सोच्नु सही कुरा हो । तर, ६ वटा विधानलाई एउटा बनाउनु चानचुने कुरा होइन । 

० महाधिवेशन कहिले गर्नुहुन्छ ? 
–महाधिवेशन हुन लामो समय लाग्छ । त्योभन्दा पहिले हामी पार्टीलाई व्यवस्थित गर्न लागिरहेका छौं । 

० फरक प्रसंग, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरमा भएको अभिनन्दनका क्रममा मुख्यमन्त्रीले कूटनीतिक मर्यादाविपरीत अभिव्यक्ति दिए । त्यसको चौतर्फी आलोचना भयो । तर राजपाले बचाउ ग¥यो । आफ्नो स्वाभिमान गिराउने लज्जास्पद काम हुँदा राजपाले किन छाँद हालेर बचाउ गरेको ? 
–प्रधानमन्त्रीले भारतमा गएर संविधान संशोधन गर्छु, यो गर्छु ऊ गर्छु भन्दा स्वाभिमानमा आँच नआउने, मुख्यमन्त्रीले आफ्ना समस्या राख्दा शिर झुक्ने ? यो पनि कुनै तर्क हो ? मुख्यमन्त्रीले आफ्ना माग बकाइदा राख्न सक्नुहुन्छ । राख्नुभयो । जायज कुरा गरेकाले र प्रदेश २ को सत्ता सहयात्री भएकाले हामीले त्यसका बचाउ गरेका हौं । 

० प्रधानमन्त्री या जोसुकैले कूटनीतिक मर्यादाविपरीत गरेका गतिविधि गलत नै हुन्छन् । प्रधानमन्त्रीले गल्ती गरे, हामीले गर्न किन नहुने भन्ने कुरा पनि कुनै जिम्मेवार दल र त्यसका नेताले व्यक्त गर्न मिल्ने धारणा हो र ?
–हेर्नुस्, यहाँ लम्पसार पर्न कसैले असजिलो मानेका छैनन् । शिर झुकाउने काम धेरै नेताले गरेका छन् । तर, मधेसकेन्द्रित दलले जायज कुरा गर्दा पनि गलत प्रचारबाजी हुने गरेको छ । मुख्यमन्त्रीले राखेका कुरा जायज छन् । यसमा माथापच्ची गरिरहन जरुरी छैन ।

 
० अन्तिममा राजपा अब कसरी अघि बढ्छ ? 
संविधानमा हाम्रो असहमति यथावत छ । अहिले पनि हामी संविधानका असंगत पक्ष सच्याउन माग गर्दै संघर्षमा नै छौं । अपूर्ण संविधानलाई पूर्ण बनाउनु र मधेसीहरूको हक–हितमा लाग्नु नै अबको हाम्रो मुख्य कार्यभार हो ।