🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पेट्रोलियमा पदार्थको मूल्यमा सधैं झेल

काठमाडौं । अहिले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा भारी गिरावट भएको छ । भारतीय बजारमासमेत तेलको मूल्य घटिरहेको अवस्थामा भने नेपालमा तेलको मूल्य घट्न सकेको छैन् । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बृद्धि हुनासाथ बैठक बसेर तेलको मूल्य वृद्धि गर्ने नेपाल आयल निगम संचालक समितिले अहिले मूल्य घटाउने कुरा चाहिं सुनेको नसुने झैं गरेको छ । तेलको स्वचालित मूल्य अनुसार परिवर्तन गर्नुपर्ने मूल्यमा निगम घाटामा रहेको भन्दै संचालक समितिले तेलको मूल्य घटाएको छन् । यस विषयलाई लिएर बाह्य रुपमा विभिन्न टिकाटिप्पणी हुने गरेको भएपनि तेलको मूल्य नघटेकोमा कुनै आवाज उठेका छैनन् । 

नेपाल र भारतमा पेट्रोलियम पदार्थको समान मूल्य नहुँदा राजश्व लगायतका अन्य विषयमा समस्या भएको छ । पहिला नेपालमा भारतमा भन्दा डिजेल पेट्रोल सस्तो भएका कारण उताका गाडी र कतिपय अवस्थामा तस्करको मिलेमतोमा ट्याङ्करसमेत आएर नेपालबाट तेल लाने गरेका थिए । अहिले नेपालमा भन्दा भारतमा तेलको मूल्य सस्तो भएका कारण नेपालका नाकामा पर्ने क्षेत्रका गाडी भारतमा तेलभर्न जाने गरेका छन्् । यसले नेपालमा आउने राजश्वमा कमी आउने बताइएको छ ।

दुवै देशमा तेलको मूल्यमा समान दर कायम गर्नसके यो समस्या नआउने आयल नियमका एक पूर्व संचालक बताउँछन् । दुवैदेशको समान मूल्य निर्धारण हुन सके यो समस्या निराकरण हुने ती पूर्व संचालकको भनाइ छ । अहिले नेपाल र भारतको मूल्य फरक भएका कारण राजश्वमा प्रभाव पर्ने कुरा त घाम झै छर्ल¨ैछ ।