🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

१५ सय माछाहरूको घर भनिने बर्लिनको विशाल एक्वैरियम फुट्यो

बर्लिन, २ पुस । बर्लिनको र्याडिसन ब्लुको लबीमा रहेको १० लाख लिटर पानी भएको विशाल एक्वैरियम फुटेको छ । एक्वैरिम फुटेपछि होटल र नजिकैका सडकहरू बाढीमा परेका छन्।

१५ सय माछाहरूको घर ‘एक्वाडोम’ १५ दशमबल ८५ मिटर उचाई (५३ फिट) अग्लो थियो । त्यसलाई  संसारको सबैभन्दा ठूलो बेलनाकार एक्वैरियमको रूपमा वर्णन गरिएको थियो ।

विष्फोटपछि सिसा खसेर दुई जना घाइते भएका छन् ।

त्यहाँ अविश्वसनीय क्षति भएको प्रहरीले जनाएको छ । भिडियोमा होटलको लबीमा पानी खन्याएको खाली ट्याङ्की देखाइएको छ ।

पोखिएको पानी भएको ठाउँमा धेरै जीवितै माछा फेला परेका प्राप्त विवरणहरुमा जनाइएको छ ।

घटनापछि पाहुनाहरु होटलबाहिर लगिएको थियो । ठूलो परिणाममा माछाहरु मरेका बर्लिनका अग्नि नियन्त्रकका प्रवत्ताले बताए ।

एक्वैरम चर्को आवाज र कम्पनले फुटेपछि आफू व्युझिएको एक आगन्तुकले बताएका छन् । लबीमा हेर्दा पानी बगिरहेको र अन्य पाहुनाहरूलाई पछि सशस्त्र प्रहरीले होटलबाट बाहिर निकालेको उनले बताए ।

एजेन्सी