🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

यी युवती जो एक वर्षदेखि नक्कली चिकित्सक बनिन्

अंकारा, ३ पुस । कहिल्यै मेडिकल शिक्षा अध्ययन नगरे पनि  सार्वजनिक अस्पतालमा डाक्टरको रूपमा काम गरेको खुलासा भएपछि टर्कीकी एक २० वर्षीया युवती पक्राउ परेकी   छन् ।
आयसी ओजकिराजको परिवार सधैं उनलाई एक डाक्टर बनाउन चाहन्थे । तसर्थ,  त्यसैले हाई स्कुल स्नातकपछि उनले मेडिकल स्कुल परीक्षा दिइन, तर असफल भइन ।

यद्यपि, उनी आफ्ना मानिसहरूलाई निराश पार्न चाहिनन्, त्यसैले आफ्नो असफलता स्वीकार्नु र अगाडि बढ्नुको सट्टा आफू प्रतिष्ठित क्यापा मेडिकल युनिभर्सिटीमा डाक्टरी अध्ययन गरेको बताएकी थिइन् । 

उनले आफ्नो परीक्षाको अंक र भर्नाका कागजातहरू पनि नक्कली देखाइन, ताकि उनका आमाबाबुलाई कुनै शंका नहोस् । तर यो उनको नाटकको  सुरुवात मात्र थियो । 

‘जब म हाईस्कूलको विद्यार्थी थिएँ, मेरा आमाबाबुले मलाई मेडिकल स्कूलमा पढ्न चाहनुहुन्थ्यो । उहाँहरूले सोच्नु भएको थियो कि मैले उच्च अंक प्राप्त गर्नेछु । तर, मैले मेडिकल स्कुलमा जानको लागि पर्याप्त अंक प्राप्त गर्न सकिन’, ओजकिराजले भनिन्, ‘जब मेरो परिवारले परीक्षाको नतिजाको कागजात हेर्न चाहन्थे, मैले नक्कली परीक्षाको नतिजाको कागजात तयार गरी उनीहरूलाई देखाएँ ।’

तर, युवतीले आफ्नो परिवारसँग झूट मात्र होइन, सबैसँग झूट बोल्न थालिन् । उनी इस्तानबुलको छात्रावासमा बसिन् र मानिसहरूलाई आफू मेडिकल विद्यार्थी भएको बताइन् । उनले नक्कली विद्यार्थी परिचयपत्र पनि छापिन् र चिकित्शा विज्ञानका वास्तविक विद्यार्थीसँग अन्तरक्रिया गर्दै क्यापा मेडिकल युनिभर्सिटीको कार्ड झुण्ड्याउन थालिन ।

एजेन्सी