🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नागरिक उड्डयनमा जर्नेलको मनपरी 

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत फ्लाईट सेफ्टीमा वरिष्ठ पाईलटका रुपमा  एकजना पूर्व जर्नेल करारमा कार्यरत छन् । जसलाई हेलिकप्टरतर्फको सेवा हेर्न जिम्मेवारी दिएर नियुक्त गरिएको हो । यी गुञ्जमान लामा पहिला नेपाली सेनाको पाईलट थिए । बाहिनीपतिसम्म भएर रिटायर्ड भएका गुञ्जमान लामाले हाल हवाई आचारसंहिता विपरीत क्रियाकलाप गरेको आरोप लागेको छ । भनिन्छ, यिनको कार्यकालमा नेपाली सेनामा सबैभन्दा धेरै जहाजहरू किनिएको थियो । समय थियो माओवादी जनयुद्ध । संकटकालको समयमा सेनाले जहाज खरिद गर्दा ठूलै धनराशीको कमिशन यी जर्नेलको हातमा परेको चर्चा अहिले पनि सेनाको ११ बाहिनीमा चलिरहन्छ । 
 काठमाडौंलगायत देशको विभिन्न सहरहरूमा प्रशस्त जग्गा जमिन जोडेका पूर्व जर्नेल गुञ्जमान लामाले बिभिन्न एयरलाईन्सको शेयर होल्डर रहेको चर्चा पनि नेपाली सेनाको हवाई महानिर्देशनालयमा हुने गर्दछ । सेनाबाट रिटायर्ड भएपछि गुञ्जमान लामा सिम्रिक एयरमा कार्यरत थिए । सिम्रिक एयरका मालिकसंग खटपट परेपछि यी गुञ्जमान लामा श्री एयरमा काम गर्न थाले । त्यहा“ काम गर्दा पनि मालिकसंग यिनको राम्रो सम्बन्ध हुन सकेन । जर्नेलको एउटै गुनासो हुने गर्दथ्यो मालिकले धेरै कमाउने र आपूmले कम पाउने । अहिले जर्नेल गुञ्जमान लामा  देखाउनका लागि नागरिक उड्डयन प्राधिकरण अन्तर्गत फ्लाईट सेफ्टीमा कार्यरत छन वरिष्ठ कन्सलट्यान्टको रूपमा । तर, उनी एउटा प्राईभेट हेलिकप्टर कम्पनीका पनि मालिक हुन् । यसरी सरकारको सम्बन्धित अनुगमनकारी निकायमा  बसेर यसै सम्बन्धी निजी ब्यवसाय÷ब्यापार संचालन गर्न नैतिकताले दिन्छ कि दिंदैन र यो हवाई आचारसंहिता विपरीत हो कि होइन भन्ने प्रश्न नागरिक उड्डयन प्राधिकरणभित्रै उठ्ने गरेको छ ? आफ्नो एयरलाईन्सको काममा आ“खा चिम्लेर मनपरी गर्दै आएका गुञ्जमान लामाले आपूmलाई मन नपर्ने एयरलाईन्स, पाईलटहरूलाई साह्रै दुःख दिने गरेको गुनासो प्राप्त भएको छ । 
 बिना शुभलाभको काममा हातै नहाल्ने जर्नेल गुञ्जमान लामाले कुन पाईलटलाई कुन एयरलाईन्समा फिक्स गर्ने भन्ने जिम्मा नि यिनैले पाएकोमा नागरिक उड्डयन प्राधिकरणको समेत आलोचना हुने गरेको छ । हालै मात्र गुञ्जमान लामाको दबाबमा परेर प्रभु हेलिकप्टरले नेपालगञ्जतिरको काम छोडेर बसेका पाईलट राखेका  कारण उक्त एयरलाईन्स बन्द गर्नुपर्ने अवस्थामा पुगेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका सीइओ संजीव गौतमका प्रिय पात्र पूर्व जर्नेल गुञ्जमान लामाको एयरलाईन्सहरूको सेफ्टी अडिटमा पनि ठूलै चलखेल हुने गरेको बताइन्छ । भनिन्छ, जर्नेल गुञ्जमान लामाको हितमा काम नगर्ने, उनको चित्त नबुझाउने एयरलाईन्स  टिक्न गाह्रो हुने गरेको गुनासो पनि ब्यवसायीहरूको रहेको छ । अनि कसरी हुन्छ यस्तो तालले नेपालको हवाई क्षेत्रको विकास ? जर्नेल गुञ्जमान लामालाई हवाई ब्यवसायीहरू र पाइलटहरूको सुझाव छ कि त निष्पक्ष भएर, आचारसंहितामा रहेर काम गर्नु कि त आफ्नो एयरलाईन्स मै गएर काम गर्नु । हवाई ब्यवसायीहरूलाई दुःख दिने नियतले बीचमा बसेर किन ल्याङ्ल्याङ् ? सम्बन्धित निकायको यसतर्फ गम्भीर ध्यान जावोस् भन्ने माग पीडित हवाई ब्यवसायीहरूले गरेका छन् ।