काठमाडौं । हुन त नेपालमा भागबन्डा गर्न अब कुनै चिज बाकी छैन । अदालतका न्यायाधीशसमेत पार्टीको भागबन्डा अनुसार बन्दै आइरहेका छन् । संवैधानिक जस्तो संवेदनशील निकायमा राजनीति हाबी गराउंदै आएका दलहरूले फेरि अर्को भागबन्डाको समझदारी गरेको खबर छ । माओवादी अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिलाई थप विद्रुप पार्दै महत्वपूर्ण निकायमा भागबन्डा गरेको चर्चा दुवै पार्टीतिर छ ।
नेपाल पत्रकार महासंघको इतिहासमा पहिलोपटक कांग्रेस र माओवादीको गठबन्धन भएर व्यवसायिक पत्रकारिता जस्तो व्यवसायिक संस्थामा सत्ता पक्षबाट राजनीतिक हस्तक्षेप भएको छ । सत्ता जोगाउन र संवैधानिक निकायको पदाधिकारीहरू रोज्ने मेलोमा पत्रकार महासंघमा सत्ताबाट हस्तक्षेप भएको चर्चा छ । नेपाली कांग्रेसका एक नेताका अनुसार, माओवादी र कांग्रेसबीच हालै गोप्य सहमति भएको छ । सहमतिअनुसार, नेपाल पत्रकार महासंघको नेतृत्व माओवादी केन्द्रनिकट प्रेस सेन्टरलाई दिने सहमति भएको खबर छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आगामी नेतृत्व(प्रमुख आयुक्त) नेपाली कांग्रेस वा शेरबहादुर देउवाको चाहना अनुसार लिने÷दिने सहमति भएको छ । ‘नेपाली कांग्रेस र माओवादी केन्द्रले पत्रकार महासंघ र अख्तियारमा सहमति गरेका छन्,’ स्रोतले भन्यो, ‘यही सहमतिअनुसार पत्रकार महासंघमा कांग्रेसनिकट प्रेस युनियनले माओवादीनिकट प्रेस सेन्टरका अध्यक्षका उम्मेदवारलाई समर्थन गरेका छन् भने केही समयपछि रिक्त हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा कांग्रेसले रोजेको मान्छे राख्न माओवादीले समर्थन दिइसकेको छ ।
देउवालाई अख्तियार प्रचण्डलाई पत्रकार महासंघ




