🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

स्वास्थ्यको भ्रमणमा पनि कमिसन †

काठमाडौं । स्वास्थ्य मन्त्रालयमा विदेश भ्रमणमा मनोनयन गर्दा पनि घुस लेनदेन हुने गरेको गुनासो छ । मन्त्रालयको नीति योजना तथा अन्तर्राष्ट्रिय सहयोग महाशाखाका प्रमुख भोगेन्द्र डोटेलले विदेश मनोनयन गर्दा घुस माग्ने गरेको आरोप छ । स्रँेतका अनुसार, उनले विदेश भ्रमणमा जानेहरूस“ग पाउने सुविधाको २० प्रतिशतसम्म रकम दिनुपर्ने दररेट नै कायम गरेका छन् । महाशाखा प्रमुख डोटेलले यूरोप, अमेरिका लगायतका देशमा पठाउ“दा दररेट भन्दा बढी घुस माग्ने गरेको स्रोतले बताएको छ ।

  स्रोतका अनुसार, डोटेलले तालिममा पठाउ“दा समेत कमिशन माग्ने गरेको आरोप छ । चीनबाट प्राप्त भएको २७ जना नर्सिङ स्टाफको छात्रवृत्तिमा छनोटका लागि पनि घुस मागिएको गुनासो प्राप्त भएको छ । स्रोतका अनुसार, विभिन्न जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारीमार्फत् चीनको छात्रवृत्तिमा जान चाहनेहरूस“ग प्रतिब्यक्ति २ देखि ३ लाख रुपैया“ घुस संकलन गरिएको छ । महाशाखा प्रमुख डोटेलले चीन सरकारले दिएको २७ जना स्टाफ नर्स तालिममा छनोटको आधार बरिष्ठता, योग्यता, क्षमताभन्दा पनि घुसलाई बनाएको पीडितहरूको गुनासो छ । कांग्रेसको कार्यकर्ताका रुपमा चिनाउन चाहने महाशाखा प्रमुख डोटेलले भर्खरै बढुवा भएकी स्वास्थ्य मन्त्रालयकी सचिव डा. किरण रेग्मीलाई समेत प्रभावमा पारी विदेश मनोनयनमा असुलीमा ब्यस्त रहेको समाचार छ ।

यसैगरी स्वास्थ्य मन्त्रालयले स्वास्थ्य वीमा कार्यक्रममा काज खटाएका शाखा अधिकृत तुलसी भट्टराईले मन्त्रालयमा पनि हालीमुहाली चलाउ“दैआएका छन् । निवर्तमान स्वास्थ्यमन्त्री गगनकुमार थापाका निजी सचिव भएर यादव पद्योती, प्रताप पौडेलहरूस“ग मिलेर मन्त्रालयका नियुक्तिदेखि सरुवामा बीचौलियाको काम गरेका भट्टराईले वीमा समिति र मन्त्रालय दुवैतिर तर मार्दैआएका छन् । स्रँेतका अनुसार, वीमा समितिमा काज खटाएका उनी मन्त्रालयमा  सरुवा बढुवा र ठेक्कापट्टामा मोलमोलाई गर्न तल्लीन रहने गरेका छन् । गगन थापा मन्त्रीबाट बिदा भए पनि उनका पीए भट्टराईहरूको अहिले पनि हालीमुहाली चलेको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तले मन्त्री गगन थापा र उनका ससुरा केदारनरसिंह केसीलाई बुझाएको रकम यो असारमा उठाउनैपर्छ भन्दै महाशाखा र जनस्वास्थ्य प्रमुखहरूलाई ताकेता गर्न थालेको चर्चा छ । महानिर्देशकका लागि बुझाएको रकम उठाउने धुनमा उनले महाशाखालाई ताकेता गरेपछि फर्जी बिलभौचर बनाउ“दै भुक्तानी हुने क्रम टेकूस्थित बाल स्वास्थ्य महाशाखा, इपिडिमियोलोजी महाशाखामा भइरहेको स्रोतले बताएको छ ।

यसैबीच, नरदेवी आयुर्वेद अस्पतालको प्रमुखमा विवादास्पद डाक्टर रामदेव यादवलाई नियुक्ति गर्ने निर्णय गर्न नभ्याई गगन थापा मन्त्रीबाट बिदा भएका थिए । विद्यार्थी नेता प्रदीप पौडेलको रुचीमा विवादास्पद यादवलाई प्रमुख बनाउने निर्णय गर्ने पक्षमा गगन थापा थिए । तर उनले उक्त निर्णय गर्न नपाई मन्त्रीबाट बिदा भए । नरदेवी अस्पतालका प्रायः सबै चिकित्सक यादवका कारण अस्पतालको प्रतिष्ठामा आघात पुगेको भन्दै उनलाई नियुक्ति गर्नु नहुने पक्षमा रहेको थाहा भएको छ ।