🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जीएम प्रेमनाथ र खेम्काको सेटिङ धन्दा ! : अख्तियार मौन, एकैलटमा दुई करोड खाने दाउ 

काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरण मातहत रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय वर्षौँदेखि कमिशनमा लिप्त भएर रैथाने नाफाखोर व्यवसायीहरूको चंगुलम फस्दै आएको पाइएको छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय हवाई कम्पनीहरुबाट अनेक तरिकाले सजिलै घुस असुल्न पाइने हुँदा उक्त कार्यालयमा सरुवा भएर जानका लागि प्राधिकरणका अधिकृत, उच्च तहका अधिकृतहरू जीएम र अन्य पदमा सरुवा हुन मोटो रकमको थैली भेट गरेर नै चाँजोपाँजो मिलाउने गरेको प्राधिकरण स्रोत बताउँछ । 

यतिखेर त्रिभुवन विमानस्थल कार्यालयको महाप्रवन्धकमा प्रेमनाथ ठाकुर रहेका छन् । जीएम ठाकुर सहित सुरक्षा शाखा र खरिद इकाइका कर्मचारीहरू मोटो कमिशनको लोभमा परेर रैथाने नाफाखोर शिवप्रसाद खेम्काको कब्जामा परेको बताइएको छ ।

विगत लामो समयदेखि सुरक्षा सम्वन्धी उपकरण र सामग्री खरिदमा अर्वौैं रकम अनियमितता हुँदासमेत प्राधिकरण र विमानस्थलका कर्मचारीहरूमाथि राष्ट्रिय सतर्कता केन्द्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरी कारबाही गर्न नसकेको गुनासाहरू बाहिर आएका छन् । यतिखेर उक्त मेसिन खरिद विरुद्ध अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको छ ।

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवश्यक सुरक्षा सम्वन्धी उपकरण र सामग्री खरिद गर्दा खेम्काले प्राधिकरण डीजी, विमानस्थलका जीएम र कर्मचारीहरुसँग सेटि¨ गरेर आफ्नो फर्म महावीर इन्टरनेशनल प्रालिलाई बाहेक अन्य व्यवसायीलाई प्रतिस्पर्धामा छिर्नै नदिने गरी कर्मचारीसँग सेटिङ मिलाउने गरेको स्रोत बताउछ ।

विगत देखिनै खेम्काले सेटि¨ गरेर आफ्नो फर्मलाई टेण्डर पर्नेगरी स्फेसिफिकेसन(स्पेक) तयार गरी करोडौंको टेण्डर पार्दै आएको बताइन्छ ।

 पछिल्लो समाचाचार अनुसार २०७९ कात्तिक २१ गते ब्यागेज एक्सरे मेसिनको टेण्डर पनि खेम्कासँगको साँठगाँठ, सेटि¨ र मिलेमतोअनुसार स्पेक तयारी पारी टेण्डर सूचना प्रकाशित गरिएको बताइएको छ । त्रिभुवन विमानस्थल कार्यालयमा जो महाप्रबन्धक भएर आए पनि खेम्काले प्राविधिक टोलीसँग सेटिङ गर्दै आवश्यक सामान सप्लाई गर्दै आएका स्रोत बताउछ ।

खेम्काले एनसीबी ४० प्रोसेस एक्सरे मेसिनको ठेक्का हात पार्न आफ्नो कम्पनीसँग मिल्दो ‘स्पेसिफिकेशन’ तयार पार्न सफल भएका थिए । खेम्काकै योजना मुताविक सो उपकरण खरिद गर्न तयार गरिएको अवस्थामा टेण्डरको स्पेक परिवर्तन गरेर सूचना प्रकाशित गरेर सेटि¨ गरेर अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

तर, विमानस्थल कार्यालय स्रोतले भने सो मेसिन खरिद टेण्डरमा अनियमितता नभएको दावी गरेको छ । हाल खरिद गर्न लागेको व्यागेज एक्सरे मेसिन भनेको आधुनिक र नयाँ प्रविधिको हो । जसले तरल पदार्थलाई पनि सजिलै पत्ता लगाउन सक्छ, कार्यालय स्रोतको दावी रहेको छ । 

विगत लामो समयदेखि सुरक्षा सम्वन्धी उपकरण र सामग्री खरिदमा अर्वौैं रकम अनियमितता हुँदासमेत प्राधिकरण र विमानस्थलका कर्मचारीहरूमाथि राष्ट्रिय सतर्कता केन्द्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरी कारबाही गर्न नसकेको गुनासाहरू बाहिर आएका छन् । यतिखेर उक्त मेसिन खरिद विरुद्ध अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको छ ।

२०७९ मंसिर १३ गते अख्तियारमा दर्ता भएको उजुरी नम्बर सी–०२६८२१ रहेको छ । एक्सरे मेसिन खरिदमा अनियमितता भएको भन्दै छानविन गर्न प्राधिकरणकै कर्मचारीले आयोगमा उजुरी दिएको बताइएको छ । तर, विमानस्थलका महाप्रवन्धक ठाकुरले अनियमिता बारे आफू अनविज्ञ रहेको भन्दै पन्छिएका छन् ।

टेण्डर सूचनामा प्रकाशित स्पेक परिवर्तन गरेर शिवप्रसाद खेम्काको महावीर इन्टरनेशनल प्रालिलाई बाहेक अन्य प्रतिस्पर्धी सप्लायर्सलाई प्रतिस्पर्धा गर्नबाट बञ्चित गरेको स्रोत बताउछ । प्राधिकरण नेतृत्व र संस्कृति, पयर्टन तथा नागरिक उड्डयन मन्त्रालयले भने रु. आठ करोड उक्त ब्यागेज एक्सरे मेसिन खरिदमा चासो लिएको जीएम ठाकुरले स्वीकार गरेका छन् । 

चिनियाँ कम्पनीको सस्तो र अन्तर्राष्ट्रिय स्टैण्डरको ब्यागेज एक्सरे मेसिन भैरहवा, पोखरामा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा समेत चार वर्षदेखि विना समस्या चालु रहेको Nuctech company limited को सप्लायर्सलाई अनेक वाहना निकालेर प्रतिस्पर्धा गर्नबाट बञ्चित गर्न स्पेक नै परिवर्तन गरेको सूचना प्रकाशित गरिएको छ । नेपालमा चालु रहेको र संसारभर चल्दै आएको Nuctech company limited ब्यागेज एक्सरे मेसिन घुसको चक्करमा परेका महाप्रवन्धक प्रेम नाथ ठाकुरका लागि भने अयोग्य कसरी बन्न गयो भन्ने प्रश्न उठेको छ ।

महाप्रवन्धकमा प्रेम नाथ ठाकुरले स्पेक मिलाएर सेटि¨मा उक्त ब्यागेज एक्सरे मेसिन शिवप्रसाद खेम्काको महावीर इन्टरनेशनल प्रालिलाई नै दिनका लागि छुट्ट्याइएको लगभग दस करोड बजेट सबै सिध्याउने तयारी गरेका छन् । प्राविधिकहरुका अनुसार, प्रतिस्पर्धा गराएमा उक्त आधुनिक प्रविधिको ब्यागेज एक्सरे मेसिन लगभग रु. ६(छ) करोड भन्दा बढी नपर्न सक्छ । एउटै टेण्डरमा २ करोडभन्दा बढी घुुस असुल्न टेण्डरको स्पेक नै परिवर्तन गरेर लुटतन्त्रको खेती गर्न महाप्रवन्धक प्रेम नाथ ठाकुर र शिवप्रसाद खेम्का लागेका छन् । 

 अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता गरिएको उजुरीमा ‘‘सबै इच्छुक वोलपत्रदाता कम्पनीको सहभागिता रहोेस् भन्ने महानिर्देशकको चाहना हुँदाहँ‘दै पनि त्रि.अ.बि.ना.उ.का महाप्रबन्धक र टेक्नीकल टिमसंग एउटा सप्लाएर कम्पनीले उहाँहरुसंगको आपसी मिलेमतोमा सोही एक मात्र कम्पनीको बोलपत्र स्वीकृत हुने किसिमले टेण्डरको टेक्नीकल स्पेशिफिकेशन तथा टेण्डर मूल्याँकन गर्ने नियमहरु तैयार गरी सोही बमोजिमको कागजातहरु माग गर्नेगरी टेण्डर डकुमेन्ट बनाएर उजुरी दिइएको छ । 

 उक्त टेण्डरमा प्रतिस्पर्धा गर्नबाट बञ्चित गरियो, भ्रष्टाचार हुँदैछ भनेर ‘एक्सरेको टेण्डर नं NCB/40/PROSEC/2079/80 मा नीतिगत भ्रष्टाचार गरी करोडौं रकम खाने तैयारी’ गरिएको जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गर्दा पनि अख्तियारले कुनै चासो नलिएको कर्मचारी स्रोत बताउछ ।

(साँघु साप्ताहिक, २०७९ पुस ४ गते)