धनगढी, १७ पुस । बझाङमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको थलारा गाउँपालिका वडा नम्बर ६ पी खेतका ५७ वर्षीय मिनबहादुर रोकाया मृत फेला परेका हुन् । मसानी थान नजिकै सडक किनारको झाँडीमा आइतवार मृत फेला परेको प्रहरीले जनाएको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
त्यसैगरी डोटीमा अर्का एक जना व्यक्ति मृत फेला परेका छन् । धनगढी जिल्लाको दिपायल स्थित सिलगढी नगरपालिका वडा नम्बर ८ देउरागाउँ लडागडाका ६० वर्षीय धरु कडायत मृत फेला परेका हुन् ।
कडायत गोगनपानी सामुदायिक वनमा शनिबार मृत अवस्थामा फेला परेका हुन् । यही पौष ११ गते घरबाट निस्केका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा सो वन क्षेत्रमा शव फेला परेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी अर्घाखाँचीको शितगंगा नगरपालिका १० सिद्धारामा ६० वर्षीया वृद्धा मृत फेला परेकी छन् । शितगंगा नगरपालिका १० सिद्धाराको बहखोरमा ६० वर्षीया राधा थापा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।
ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीका अनुसार सिद्धाराबाट बहखोरमा बिहान दुध लिन गएकी थापा बहखोर नजिकैको खोल्सामा मृत भेटिएको हुन् । घटनाबारे अनुसन्धान भइरहेको रेग्मीले बताए ।
न्यूज कारखाना




