🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बिआरआई विरूद्ध हामीले काम गरेका छैनाै

२०७९ पौष १४ गते बिहीबार ’साँघु न्युज डटकम’ अनलाईन पोर्टलमा ’बिआराई विरुद्ध एसिया फाउन्डेसन’ भन्ने शिर्षकमा प्रकाशित समाचारप्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ ।

विगत एक वर्षदेखि म लगायत मेरो संस्थाले नेपालको विदेश नीति, कूटनीति, अन्तर्रास्ट्रिय सम्बन्ध, नेपालमा वैदेशिक लगानी र पूर्वाधार विकास, नेपालमा बढ्दो भूराजनीतिक गतिविधि र तिनले निम्त्याउने असरहरुबारे अनुसन्धान र छलफल गरिरहेको छ ।  राष्ट्रिय महत्वका यस्ता सवालहरुमा विकेन्द्रिकृत छलफल हुन आवश्यक छ।

आम जनमानसमा यस्ता विषय छलफल गरी आम नागरिकको मत तथा सुझावहरु संकलन र तथ्यगत विश्लेषण गरी नेपालको नीति निर्माण तथा विदेश नीतिलाई सुदृढ गर्न टेवा पुर्याउने उद्देश्य अन्तर्गत नेपालका विभिन्न प्रदेशहरुमा छलफल कार्यक्रम संचालन गरिरहेका छौं ।  

   हामी निस्पक्ष रुपमा पछिल्लो समयमा नेपाल भारत अन्तरदेशीय सम्बन्ध, नेपाल चीन अन्तरदेशीय सम्बन्ध, एमसीसी, एसपीपी, बिआरआई लगायतका परियोजना र तिनले निम्त्याउने भूराजनीतिक द्वन्द्वका बारेमा अनुसन्धान र छलफल गरिरकेका छौं।

त्यसै क्रममा ’भूराजनीति र बिआरआई’ नामक सेमिनार आयोजना गरिएको हो। हामी नेपालले लाभ लिन सक्ने वैदेशिक परियोजनाहरुको तथ्यपरक मूल्यांकन र नेपालको राष्ट्रिय हितमा भए नभएको विश्लेषण गरि त्यस्ता परियोजनाहरु स्वीकार्नु पर्छ भन्ने मान्यता राख्दछौं ।

  समाचारमा उल्लेख भए अनुसार बिआरआई परियोजनालाई  विवादित बनाउने र चीन विरोधी भावना फैलाउने भन्ने कुरा सत्य होईन। बिआरआई राष्ट्रिय हितमा छ भने नेपालले यसबाट लाभ लिनु पर्छ भन्ने हाम्रो मान्यता हो ।

 हामी गैर नाफामूलक र अनुसन्धान केन्द्रित भएका कारण वित्तिीय पारदर्शिता हाम्रो प्राथमिकता हो।  ’साँघु न्युज’ जस्तो सम्मानित समाचार पत्र ले यस्तो तथ्यहीन आरोप लगाउनु खेदजनक छ । यस समाचारमा लगाइएका आरोपहरुमा कुनै सत्यता छैन ।

विजय कान्त कर्ण