🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एसले पनि प्रचण्डलाई सर्त सहित विश्वासकाे मत दिने, एकसय असी सांसदकाे समर्थन ?

 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  २०७९ पुस २६ गते ११ बजे अब घण्टापछि विश्वासको मत लिँदैछन् । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए । प्रधानमन्त्री दाहालले त्यतिबेला संसदको दोस्रो ठूलो दल एमालेसहित एक सय ६९ सांसदले समर्थन गरेका थिए । विश्वासको मतमा भने कुन दलले कति सांसदले दिनेछन् भन्ने चासोको विषय बनेको छ ।

    खासगरी गरी कांग्रेसले विश्वासको मत दिन्छन् कि दिँदैनन् ? भन्ने चाहिँ चासोको विषय बनेको छ  । कांग्रेसले यो सरकारलाई विश्वासको मत पुग्न नदिने रणनीति लिएको थियो ।

गैरवामको सरकार बनाउने असफल प्रयास गरेको कांग्रेसले अब विश्वासको मत दिने नीति लिनसक्ने चर्चा भएको छ । कांग्रेसले त्यसका लागि संसदीय दल र पदाधिकारीको बैठक राखेको छ ।

  अहिले पदाधिकारी बैठक बसिरहरेको छ । पदाधिकारको बैठकमा बहुमतले भएपनि विश्वासको मत दिने लाइन पास हुने अनुमान गरिएको छ । प्रचण्डलाई टाढा पुग्न नदिनका लागि यो निर्णय गर्न लालिएको पनि बताइएको छ ।

अहिले यो निर्णय गर्दा सत्ता साझेदारीमा केही पदहरु पाउन सकिने र सुदूरपश्चिम प्रदेशको सरकार बनाउन सकिने आंकलन पनि गरेको छ । यो आंकलनसहित सभामुखमा पनि बार्गेनिड गर्ने  तयारी पनि कांग्रेसको रहेको छ ।

  यता, नेकपा एसको पनि अहिले साँढे ९ बजे बैठक बसेर सर्त सहित विश्वासकाे मत दिने निर्णय लिएकाे बताएकाे छ । राष्ट्रपति कार्यालयमा पुगेका १ सय ६९ सांसदको संख्यमा एकीकृत समाजवादीका सांसदले हस्ताक्षर गरेकाे थिएन  ।

   सर्तसहित प्रधानमन्त्रीलाई विश्वासको मत दिने एकीकृत समाजवादीले निर्णय गरेकाे छ । अब प्रचण्डलाई एक सय ८० जति सिट पुग्ने अनुमान छ । एकजना स्वतन्त्र सांसद एमाले प्रवेश गरेका कारणले पनि यो संख्या चाहिँ निश्चित भएको हो ।

समर्थकले फिर्ता नहुने भएपछि प्रचण्डले विश्वासको मत कम्तीमा एक सय ८० पाउने संभावना देखिएको छ । कांग्रेसले समर्थन गर्यो भने चाहिँ दुईतिहाईमात्र होइन, सर्वदलीय सरकार जस्तो बन्ने स्थिति आउने देखिएको छ ।