🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

खानेपानी मन्त्री र सचिवालयको भ्रष्टाचार : नियमविपरीत सातवटा गाडी दुरुपयोग

काठमाडौं । निर्वाचनमा पराजित भए पनि कार्यालय समयभर उपस्थित भएर कर्मचारीलाई जितेको जस्तै निर्देशन दिने निवर्तमान खानेपानी मन्त्री उमाकान्त चौधरीले सम्हालेको मन्त्रालयमा नियमबिपरीत सवारीसाधन प्रयोग गर्दै आएको खुलेको छ । मन्त्रीले पदको दुरुपयोग गरी सवारी साधननदेखि राष्ट्रको बजेट कसरी दुरुपयोग गर्दछन् भन्ने दृष्टान्त १४ महिने कार्याकालमा खानेपानी मन्त्रालयमा चौधरीले देखाएका छन् । 

सूचनाको हक प्रयोग गर्दै खानेपानी मन्त्रालयमा मन्त्री र कर्मचारीले गरेको सत्ताको दुरुपयोगको विवरण माग गरेका थियौं । खानेपानी मन्त्रालयका सूचना अधिकारी इन्द्रकुमारी थपलियाले दिएको जानकारी अनुसार मन्त्री चौधरी र उनको सचिवालयले ७ वटा गाडी र एउटा मोटरसाइकल आधिकारिक रुपमा दुरुपयोग गरेको खुलासा भएको छ । मन्त्री चौधरीले बढीमा दुईवटा सरकारी गाडीमात्र प्रयोग गर्न पाउँछन् । सचिवालयका कर्मचारीलाई कानूनमा गाडी सुविधा दिने ब्यवस्था छैन । तर, मन्त्रालयले भने सचिवालयमा एउटामात्रै होइन, तीनवटा गाडीसमेत उपलब्ध गराएको छ । मन्त्रालयले दिएको विवरण अुनसार खानेपानी मन्त्री चौधरीले बा २ झ ५८६१, बा २ झ १०७६, बा १२ च ७४३२, बा २ झ ५०५० नम्बरका गाडी प्रयोग गरेका थिए । 

त्यस्तै, अध्यागमन कार्यालय एयरपोर्टको आकर्षक जागिरबाट खानेपानी मन्त्रीको निजी सचिव हुन आएका उपसचिव शशीकुमार लम्सालले पनि बा २ झ २५४५ नम्बरको गाडी रोजेर प्रयोग गरेका थिए । स्वकीय सचिव कृष्णप्रसाद चौधरीले बा २ झ २०४३ नम्बरको गाडी र मन्त्रीकै सचिवालयले प्रयोग गर्नेगरी आयोजना कार्यान्वयन निर्देशनालयले बा २ झ ३७३० नम्बरको गाडी उपलब्ध गराएको थियो । मन्त्रीकै सचिवालयमा कार्यरत प्रमोद चौधरीका लागि आयोजना कार्यान्वयन निर्देशनायले बा ९६ प ३१३५ नम्बरको मोटरसाइकल उपलब्ध गराएको थियो ।

यति गाडीले मात्र नपुगेर मन्त्री चौधरीकै निवासका लागि भनेर बा २ ब ९७५० नम्बरको अर्को मोटरसाइकल पनि मन्त्रालयले उपलब्ध गराउनुपरेको थियो । मन्त्रीका लागि बढीमा २ वटा र सचिवालयका लागि ब्यवहारिकता हेरेर बढीमा एउटा चारपांग्रे सवारीसाधन प्रयोग गर्न सकिने प्रचलन छ । तर निवर्तमान खानेपानी मन्त्री चौधरी र सचिवालयका कर्मचारीका लागि चार पांग्रे र २ पांग्रे गरी ९ वटा साधनाको दिनहुँ लाइन लगाउने गरिन्थ्यो । 

 यो त मन्त्रालयले अभिलेख जनाएर उपलब्ध गराएको विवरण मात्र हो, अभिलेखमै नजनाई मन्त्रालय अन्तर्गतका खानेपानी विभाग, मेलम्ची खानेपानी आयोजनालगायतका निकायबाट २ पांग्रे र चार पांग्रे सवारी साधन पनि लिएको स्रोतको दाबी छ । दर्जन भन्दा बढी सवारी साधन प्रयोग गर्दा २ सय रुपैयाँ प्रतिलिटर पर्ने १ सय लिटर पेट्रोल मासिक रुपमा एउटा गाडीले लिने गरेको बताइन्छ । मन्त्रीका आसेपासेहरुले गाडीका लागि भनेर आयोजना कार्यान्वयन निर्देशनालय, मेलम्ची खानेपानी, केयुकेएल, खानेपानी विभाग, खानेपानी संस्थान, भ्यालीबोर्डका प्रमुखसँग तर्साउँदै दैनिक इन्धन मागेर लिने गरेका थिए ।

  उल्लेखित संस्थाहरुबाट पोट्रोल, डिजेल माग्दै हैरान बनाइएका चौधरी मन्त्रीबाट बिदा भएपछि ती निकायका प्रमुखहरुले राहतको श्वास फेरेको बताउछन् । र, चौधरी जस्तो मन्त्रीको सामना कहिल्यै गर्न नपरोस् भन्ने कामना गर्ने गरेको स्रोत बताउछ । अब आउने खानेपानी मन्त्रीले पनि चौधरीको जस्तो गाडी र इन्धनको दुरुपयोग गर्ने होड चलाए भने खानेपानी मन्त्रालयलाई सवारी दुरुपयोग मन्त्रालयका रुपमा चित्रण गरे फरक नपर्ने भएको छ ।