🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सम्झनाका तरेलीमा रूमलिंदा : हाम्रा र तिम्रा आआफ्नै स्वर्ण जयन्ती

   नासुस्तरको स्थायी वरिष्ठ सहायकको पदमा जागिरमा लिखित मौखिक उत्तीर्ण भएपछि नेपालका मानव अधिकारकर्मी इन्सेकका अध्यक्ष, पूर्व १ नम्बर प्रदेश योजना आयोग अध्यक्ष तथा नेकपा एमाले नेता सुवोध प्याकुरेल प्रमुख भएको नेपाल बैङ्क लिमिटेड पुरानो हवाई फिल्डको प्रशिक्षणमा छोटो अभिमुखीकरण तालिम लिइयाे ।

\"\"

\"\"

त्यसपछि आफ्नो भनसुनको पहुँच नपुगेको कारणले बि.सं.२०३९ साल जेठमा धरानबाट तेह्रथुमको सक्रान्ति बजार आठराइस्थित नेपाल बैकको उपशाखामा पुराना कर्मचारी मोरङ्ग घर भएका राजेश्वर भक्त श्रेष्ठको सरुवा भै रिक्त स्थानमा हाजिर हुने गरी पदस्थापन भयो ।

‘पूर्वका कुमाई बाहुनहरु ज्यादै चलाख हुन्छन् तँ सोझो यहाँ कसरी टिक्लास’ भनेर साथीहरुले जिस्क्याए पनि उपप्रमुख डिल्ली काफ्ले-हाल एमाले स्थानीय नेता तथा प्रमुख रुद्र पङ्गेहाङ्ग (दुवै सुरुङ्गा, झापा) र अरु कर्मचारीहरु मोरङ्गका कमल गौतम-मोहन पाण्डे-राजेश्वर भक्त, आठराई कै सुरेश सिवाकाटी, काभ्रेका केदार खरेल, भक्तपुर विरुवाका बलराम शर्मा, भक्तपुर सचिव टोल झौखेल दुवाकोटका छत्रमणि शर्मा दाहाल र नैकाप काठमाण्डौंका शिवहरि पनेर हुनुहुँदो रहेछ । साह्रै रमाइलो भो !

    मदन अस्पताल र मदन पुस्तकालयले त्यस्तो दुर्गममा पनि शिक्षा र स्वास्थ्यको लागि चासो राखेको रहेछ । मोहन शमसेरको पालामा खुलेको त्रिमोहन माविको उच्च शैक्षिकस्तर थियो । चुवानडाँडाको कलेजमा उपत्यका बाहिरको ऐतिहासिक कलेज थियो ।  

 त्यसमाथि, तत्कालीन कलेज विद्यार्थी नेपाल नेपाल सरकारका पूर्व प्रशासक दुर्गा प्रसाद खतिवडा र हाल नेकपा एमालेका पथरी मोरङ्गका नेता त्यसबेलाका अनेरास्ववियू एकताको पाँचौका तेह्रथुम अध्यक्ष भगत थपलिया जोडिए पछि त झन बैकिङ्ग र राजनीतिको सङ्गमले समय ब्यतित गर्न कठिन नै भएन ।

धरानका पूर्व एमाले मेयर तथा २०७९ को स्थानीय निर्वाचनमा स्वतन्त्र रुपमा  मेयरका उम्मेदबारी दिने मनोज कुमार म्याङ्गवोसँग पनि त्यही चिनचान भयो जुन अहिलेसम्म पिन भेटघाटमा दु:खसुख साट्ने सम्बन्ध रहिआएको छ ।

 
   खै मप्रति के भयो कुन्नि क्षेत्रीय कार्यालयले एक वर्षमै क्षेत्रीय कार्यालयल विराटनगर मै सरुवा गरिदियो । कुमाई चलाख हुन्छन् के सक्छस् भनेर भनेको स्थानबाट कुमाईहरुसग बिदाई हुँदा मेरा आँखा रसाएका थिए ।

\"\"

कुमाई बाहुनहरुसँगको सङ्गतले मलाई अलिकति मेहनत र सम्भावनाका थुप्रै क्षेत्रहरुको पहिचान गराएकाले मैले आठराईमा हुँदा नै कृषि विकास बैङ्कका स्थायी अधिकृत परीक्षा दिएको थिएँ र नेपाल सरकारका पूर्व सहसचिव शिव प्रसाद सिमखडा उपसचिवहरु शम्भु गौतम, श्रीप्रसाद न्यौपाने, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य एवं नेपाल सरकारका पूर्व उपसचिव चन्द्रमणि अधिकारी, संगीतकार शक्ति बल्लभ र हालका सिइओ अनिल उपध्यायसँगै पास भएपछि कृषि विकास बैङ्कको इलाम उपशाखामा पदस्थापना भयो ।

नेपाल सरकारको लेखापालको जाँच दिएको थिएँ, पास भएर अन्तर्वार्ता दिनु नपर्दै करिब ३ महिनापछि नेपाल सरकारतर्फ स्थायी अधिकृत भइयो ।
 

  अहिले नेपालको राजनीतिमा त्यही आठराईको एक कुमाईको खेल चलिरहेछ, असम्भवलाई सम्भव गराउने चाल छ । तर, आठराई बस्दा मैले जति चर्चा सीपी, आरके र पहराबाट हाम घोडा सहित हाम फालेका सूर्य कन्दङ्गवा, हरिभक्त सिटौला, पुन्य सिटौला, टङ्क कार्की, गौरा प्रसाई, कविता आलेको सुन्थें त्याे समयमा त्यति चर्चा केपी ओलीको नाम र चर्चा त्यति थिएन सायद जेल परेकाले होला  । पछि माओवादी आन्दोलनमा आठराई माओवादीको कब्जामा परेको रहेछ ।

मैले आठराई बस्दा केपी ओलीको बारेमा पटक्कै नसुनेको उहाँको बालसखाले भनेको भन्ने एक बुढाले गरेको चर्चा विघटित नयाँ शक्ति पार्टीका पूर्व केन्द्रीय सदस्य तथा हालका बागमती प्रदेशका आन्तरिक मामिला अर्थात प्रदेश गृह मन्त्रालयका मन्त्री गङ्गानारायण श्रेष्ठले नयाँ शक्ति पार्टीको २०७५  माघ १५ गते देखि फागुन १५ सम्म भएकोे पूर्व चिवामञ्ज्याङ्ग देखि झुलाघाटसम्मको ‘मध्यपहाड यात्रा’ बर्णनको पुस्तकको पृष्ठ २९ मा निम्नानुसार गर्नु भएको रहेछ :

“७५ वर्षका अमर कन्दङ्गवा हामीसँग जान कस्सिनु भयो । बुढाले केपी ओलीलाई  अहिले पनि मुते कान्छा भनेर सम्झदा रहेछन् । ‘प्रधानमन्त्रीलाई मुतेकान्छा किन भनेको ?’ जिज्ञासामा बा'को ठट्यौली शैलीमा जवाफ थियो–‘त्यो लाठे हुँदासम्म पनि ओछ्यान मुत्थ्यो नि त ! त्यसैले उसलाई बालखामा चिन्नेजान्नेहरुले अहिले पनि मुतेकान्छा भन्छन् के ।

…अब यो मुतेकान्छा र प्रचण्डले गरिखाँदैन। यिनीहरु कम्युनिष्ट होइनन्, पुँजीवादी भैे सके । सरकारमा गएपछि यिनीहरु सब बिग्रियो । बाबुरामले नयाँ (शक्ति) पार्टी बनाएर सारै राम्रो काम ग¥यो । अरुले गर्दैन  म ठोकेर भन्छु अब जे गर्छ यो देशमा बाबुरामले गर्छ ’…।”

 आठराई बस्दा हरिभक्त सिटौला, सीपी, राधाकृष्ण मैनाली र ‘कालाकोटे सरकारी जागिर’ गीत गाउँने क्रान्ति आलेकी आमा कविता आलेको जन्म घर, काठमाण्डौंका उद्मी सुरेश–अशोक–विमल सिवाकोटी तथा पैरवी प्रकाशन आवद्ध गोपाल सिवाकोटीद्वय र पदम सिवाकोटीको घर पनि हेरियो ।

\"\"

राजा वीरेन्द्रसँग दार्जलिङ्कमा पढेका भनिने विराटनगरका सेन्ट जोसेफका संस्थापक र उहाँका भाइ अरनिको बोर्डिङ्गका संस्थापक सिटौलाहरुकोे चुहान डाँडाँको घरमा दिनभरी बिताइन्थ्यो । घरमा अति दुर्लभ वामपन्थी किताव थिए उहाँहरुको । गौरा प्रसाई बस्नु भएको भनिने छातेढुङ्काको चौतारा अझै आँखामा नाँचिरहेको छ । एक वर्षको बसाइँमा ताप्लेजुङ्कको पाथीभरा,पाँचथरको यासोक–रवि–पेरुङ्के खोला–रानीगाउँ, जोरसाल सबै घुमियो ।

कालिज, मृग, दुम्सी, लुँइचे, तोङ्गवा सवै भ्याउँदै आ ऽऽआ ऽऽ हा गर्दै लिम्बुहरुको प्रसिद्ध धान नाँच्न पनि जानियो–तोङ्गवा तान्न पनि सिकियो(अहिले त ४० वर्ष भो बिर्सिएँ) । लिम्बु, थकाली, मगर, गुरुङ्ग जनजातिमा सवभन्दा सिधा भन्ने मैले आठराइ मै सुनेको थिएँ ।

तर, अहिले त सुवास नेम्बाङ्ग त बाठो र चतुरजस्तो पो लाग्छ ।
 

सक्रान्तिमा वर्षमा एक पटक ठूलो मेला लाग्थ्यो । त्यसबेला झापा मोरङ्गदेखिका व्यापारीहरुदेखि लिएर मेला हेर्न अरु मानिस पनि आउँथे । कमाउन सिक्किम आशाम कलकत्ता गएकाहरु मात्रै हैनन् काठमाण्डौंका तेह्रथुमका विद्यार्थीहरु पनि पुग्थे ।

मेलाको उपलक्ष्यमा त्रिमोहन स्कूलको सानो मैदानमा ७ जना खेलाडीको फुटबल प्रतियोगिता हुन्थ्यो । प्राय : ताप्लेजुङ्ग र तेह्रथुमको फाइनल हुन्थ्यो । ताप्लेजुङ्ग अलि जान्ने थिए । दर्शकहरु टन्नै हुन्थे ।    

 
  नेपाल बैङ्क विराटनगरको क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रवन्धक हेटौंडाबासी  योगेन्द्र प्रसाद रिजालले हरेक हप्ता मेरो कामको चासो राख्न कार्यकक्षमा बोलाएर अंग्रेजीमा ‘तिमी आफ्नो शाखा देखि सन्तुष्ट छौं’ भनेर सोध्नु हुन्थ्यो ।

अधिकृत प्रशन्न कुमार श्रेष्ठ, गीता राजभक्त प्रधानाङ्ग तथा देवेन्द्र सिटौला पछि नेपाल सरकार पूर्व सहसचिव,र मनोज उपाध्याय घिमिरे एवं जीवन श्रेष्ठ तथा लक्ष्मी नारायण कडरिया एवं मुरारी पौडेलसँग बसेर काम गर्न पाएकोमा आन्तरिक नियन्त्रण एवं आन्तरिक लेखा परीक्षण मैले धेरै काम सिकेँ । जुन पछि मलाई नेपाल सरकारमा पनि काम लाग्यो ।

\"\"

 र, अहिले पनि यी दुवै बैङ्कमा जाँदा मलाई गर्व महसुस हुन्छ । नेपाल सरकारका सार्वजनिक निकायहरुमध्ये सम्भवत यी दुवै निकायको बढी सम्झना आउँछ । राजनीतिमा गठबन्धन फस्टाएपछि अब सरकारी बैंक पनि गठबन्धन गर्ने हल्ला पो छ । लौ गर्नुहोस् जे गर्नुछ हामी गौरवशाली हनुमान भक्तहरु हुँदै गर्नुहोस् । भोलि के हो के हो ?

 सम्भवत  नेपाल बैंकका र कृषि विकास बैंकमा विताएका ती दिनको पनि ४० वर्ष रजत जयन्ती ब्यतित भएर स्वर्णको उकाले चढ्दैछ । हामी घरका दम्पतिको पनि स्वर्ण र हिरक जयन्ती व्यतित भयो ।

हालै पुराना कुराहरु खोज्दै जाँदा पञ्चायतको रजत जयन्तीको बेला बाँडेको राजा वीरेन्द्रको व्याच र नेपाल बैङ्क स्वर्ण जयन्तीको बेला बाँडेको साँचो झुण्ड्याउने सिक्री फेला प¥यो । दुवै फेला परेका जयन्ती सम्बद्ध बस्तुले याे जीवनमा फेरि एकपटक भावुक बनायो ।