🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राजनीतिक स्थायित्व कायम भयो, अब विकास र समृद्धिमा ध्यान दिनुपर्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको राजनीतिक स्थायित्व कायम भइसकेकाले अब विकास र समृद्धिमा ध्यान दिनुपर्ने बताएकी छन् । शुक्रबार संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले देशको राजनीतिक स्थायित्व कायम भएको बताउँदै अब देशको विकास, समृद्धि र जनताको खुसीका लागि काम गर्नुपर्नेमा जोड दिएकी छन् । 

\"\"

देशको राजनीतिले गति र लय समातिसकेको भन्दै उनले देशेको विकास र समृद्धिमा ध्यान दिनुपर्नेमा जोड दिइन् । संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनको क्रममा देशको राजनीतिले स्थायित्व पाएको बताउँदै राष्ट्रपति भण्डारीले संघीय लोकतन्त्रको आधारमा स्तम्भ संस्थागत भएका बताइन् । 

\"\"

स्वतन्त्र र समृद्ध अर्थतन्त्र विकास गर्ने राज्यका सबै अंगहरु परिचालित हुनुपर्ने बताउँदै राष्ट्रपति भण्डारीले देशको आर्थिक अवस्था जटिल रहेकोप्रति चिन्ता व्यक्त गरिन् । 
 

\"\"

\"\"