🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सेयर बजार २१.१५ अंकले घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार पनि सेयर बजारमा आरालो लागेको छ । नेप्से परिसूचक २१.१५ अंकले घटेर २०७० बिन्दुमा आएर रोकिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७० अङ्कले घटेर ३९६.४४ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५६ कम्पनीको ४७ लाख ४७ हजार ५६७ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब रुपैयाँ ६८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ। त्यस्तै, कारोबारको आधारमा हिमालय डिस्टिलरी शीर्ष स्थानमा रहेको छ। यसको आज ५ करोड ३८ लाखभन्दा बढीको कारोबार भएको छ।

यसैगरी अपी हाईड्रोपावरको ५ करोड १३ लाखभन्दा बढीको कारोबार भएको छ । बिहिबारको कारोबारमा सबै उपसुचकहरुमा आरालो लागेको छ। यसैगरी सानिमा ठूलो क्याप कोषको सेयर कारोबार ७.६५ प्रतिशतले बढेको छ।