🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपालले दियो कुवेतलाई ३ सय ४४ रनको विशाल लक्ष्य

काठमाडौं । नेपालले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत कुवेतलाई ३ सय ४४ रनको विशाल लक्ष्य दिएको छ ।

 
कप्तान देव खनाल र युवा ब्याटर अर्जुन कुमालको कीर्तिमानी शतकसहित कुवेतलाइ नेपालले बिशाल लक्ष्य दिएको हो । 
 

मलेक क्रिकेट ग्रउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ४३ रन बनायो । 

 
नेपाललाई विशाल योगफलमा पुर्याउन कप्तान खनाल र अर्जुन कुमालले उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । नेपाली क्रिकेट इतिहासमा पहिलो पटक एकै इनिङमा दुई ब्याटरले शतक हानेका हुन् ।
\"\"
कप्तान देव खनालले १ सय १७ बलमा ९ चौका र ३ छक्कासहित १ सय २५ रनको सानदार शतकीय इनिङ खेले । उनको यो करिअरको पहिलो शतक हो ।
 

उता अर्जुनले पनि १ सय १२ बलमा १२ चौकासहित १ सय ८ रन जोडेका थिए । अर्जुनको पनि यो करिअरको पहिलो शतक हो । अर्जुनले १ सय ७ बलमा शतक पूरा गरेका थिए । 

 
यसअघि कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली एक ब्याटरले मात्रै एक इनिङमा शतक हान्दै आएका थिए ।