🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

 प्रधानमन्त्रीको चीन  भ्रमण : आफ्नै पत्रकार पाखा पारिए ! प्रेस चौतारी र सेन्टरमा आक्रोस !! 

काठमाडौँ, ४ असार  : प्रधानमन्त्री केपी शर्मा ओलीको ६ दिने(जुन १९ देखि २४ जुन २०१८) चीन  भ्रमणमा नेपाल पत्रकार महासंघ, प्रेस चौतारी, प्रेस सेन्टर, प्रेस युनियन र हिजो एमालेका  लागि समर्पित भएर पत्रकारिता गर्नेहरु कसैले पनि सहभागी हुने  सौभाग्य पाएनन् ।

 प्रधानमन्त्री केपी शर्मा ओलीको  चीन भ्रमणमा ऐरे गैरे नत्थु खैरेहरुले  सहभागी हुने अवसर पाएपनि नेपाल पत्रकार महासंघ जस्तो पत्रकारहरुको  छाता संस्थाभन्दा महत्वपूर्ण संस्था ऋषी धमलाको रिपोर्टर क्लव भएको छ।  यसले गर्दा पत्रकारहरुमा आक्रोस उत्पन्न गराएको छ।  

 ११९ जनाको प्रतिनिधि मण्डलमा एमाले र खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीको मुख पत्रको रुपमा चर्चित दृष्टि साप्ताहिक र त्यसका  सम्पादक/ प्रकाशक शम्भु श्रेष्ठ जस्ता वरिष्ट पत्रकारसमेत प्रधानमन्त्री ओलीको चीन  भ्रमणमा पर्नबाट बन्चित भएपछि सरकार र नेकपाको नेतृत्वको आलोचना भएको छ ।

 प्रेस चौतारी र प्रेस सेन्टरका कुन पनि पदाधिकारी भ्रमणमा नपर्नु र पत्रकार महासंघभन्दा महत्व रिपोर्टर क्लवलाई दिएपछि सरकारले पत्रकार महासंघलाई  कसरी हेरेको रहेछ र यसका पदाधिकारीको  हैसियत के कति रहेछ भन्ने कुरा पनि छर्लंग हुन् गएको छ।  प्रेस चौतारी र प्रेस सेन्टर जस्ता नेकपाका खाँटी  भातृ संस्था र  नेकपा निकट पत्रकारहरुले सस्थागत र व्यक्तिगत रुपमा  चीन  भ्रमणमा सहभागी हुने अवसर नपाएकोमा पत्रकारहरुमा आक्रोस उत्पन्न भएको छ ।  
 प्रधानमन्त्री केपी शर्मा ओलीको  चीन भ्रमणमा प्रेस चौतारी र प्रेस सेन्टरमा संलग्न पत्रकारहरु एक जना पनि  नपर्नुमा पीएमका प्रेस सल्लाहकार कुन्दन अर्यालको भूमिकाले काम गरेको प्रेस चौतारी र प्रेस सेन्टरका पत्रकारहरुको आरोप छ।  

यसले गर्दा नेकपा निकट पत्रकारहरुको यो सरकारलाई हेर्ने दृष्टिकोणमा   फरक आउन सक्ने र  केपी ओली सरकारलाई आफ्नै पार्टी निकट पत्रकारहरुबाट असहयोगको वातावरण सिर्जना हुने चर्चा सुरु भएको छ।    

स्रोतका अनुसार, चीन  भ्रमणमा परेका मिडिया डेलिगेशनहरुले टिकट खर्चलगायतको व्यवस्था संस्थागत र व्यक्तिगतरुपमा  आफैले गर्नुपर्ने छ। चीन  भ्रमणमा परेका मिडिया डेलिगेशनहरु निम्न अनुसार रहेका छन् ।  

चीन  भ्रमणमा परेका अफिसियल मिडियाहरु 
१.हरिशरण लामिछाने – रेडियो नेपाल
२.निराजन खनाल, पत्रकार, नेपाल टेलिभिजन
३.विष्णुभक्त महर्जन, क्यामेरामेन, नेपाल टेलिभिजन
४.हरि लामिछाने, पत्रकार, रासस
५.शुभशंकर क“डेल, महासचिव, नेपाल मिडिया
६.धु्रवप्रसाद अधिकारी, क्यामेरामेन

चीन  भ्रमणमा परेका मिडिया डेलिगेशनहरु 
१.रामप्रसाद हुमागाईं, उपकार्यकारी सम्पादक, गोरखापत्र
२.सुधीर शर्मा, प्रधान सम्पादक, कान्तिपुर दैनिक
३. अखिलेश उपाध्याय, प्रधान सम्पादक, काठमाडौं पोष्ट
४.गुणराज लुईंटेल, प्रधान सम्पादक, नागरिक
५.सुवास घिमिरे, प्रधान सम्पादक, रिपब्लिका
६.राजाराम गौतम, सम्पादक, अन्नपूर्ण पोष्ट
७.ऋषि धमला, अध्यक्ष, रिपोटर्स क्लब नेपाल
८.शिव दाहाल, समाचार संयोजक, एभिन्यूज टीभी
९.रविन्द्र श्रेष्ठ, क्यामेरापर्सन, एभिन्यूज टीभी
१०.प्रमिला देवकोटा, वरिष्ठ पत्रकार, नयाँ पत्रिका दैनिक
११.प्रकाश रिमाल, सम्पादक, हिमालयन टाइम्स