कञ्चनपुर । विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर भि.न.पा. ०३ भासी पुल नजिक अवैध रुपमा भन्सार छली गरी ल्याई लुकाई छिपाई वेवारीसे अवस्थामा राखिएका दुध पाउडर प्रहरीले बरामद गरेकाे छ ।
बरामद गरिएकाे दुध पाउडकाे मूल्य रु.२,३४,५००/-( दुई लाख चौतिस हजार पाँच सय रूपैयाँ) प्रहरीले बताएकाे छ । वेवारिसे अवस्थामा फेला पारिएकाे सर-समान कानून बमोजिम बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय गड्डा चौकी कञ्चनपुर पठाईएको प्रहरीले बताएकाे छ ।




