🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

यातायातका कर्मचारी दिउ”सै मस्त

बीरगंज । कोशी अन्चल यातायात कार्यालय इटहरीमा विगत ५ बर्षमा कार्यालय प्रमुख भएका तीन उपसचिव, दुई लेखा अधिकृत र तीन लेखापाल सहित ८ कर्मचारी विरुद्ध ६१ करोड भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७४ असार ४ गते विशेष अदालतमा मुद्दा दायर गरेको छ । भेरी अन्चल यातायात कार्यालय नेपालगजका प्रमुख पवन सुवेदीसहित १६ देखि २० जनाविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरेको छ । कार्यालय प्रमुख सुवेदीलगायत ६ जनालाई यातायात ब्यवस्था विभागले निलम्बन गरी छानबिनका लागि अख्तियारमा फाइल पठाएको थियो । अख्तियारले छानबिनपछि केही दिनभित्रै १६ देखि २० जना कर्मचारीविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ । 
माथिका दुई घटना यातायात कार्यालयमा पछिल्ला समयमा भएका भ्रष्टाचारका बान्की हुन् । चन्द्रमान श्रेष्ठ यातायात ब्यवस्था विभागको महानिर्देशक भएका बेला यातायात कार्यालय खुलेआम घुस असुली हुने निकायमा परिणत भएको उदाहरण हुन्, इटहरी यातायात र नेपालगंज यातायात कार्यालयका भ्रष्टाचार प्रकरण । महानिर्देशक श्रेष्ठले जे जसरी पनि कार्यालय प्रमुखदेखि खरिदारसम्म पनि घुस मात्र मागे । उनले सवारी अनुमतिपत्र बितरण प्रक्रिया पारदर्शी र भरपर्दो बनाउनेतिर ध्यान नदिएकै कारण इटहरी र नेपालगंजमा यस्ता घटना घटेको यातायातका अधिकारी बताउ“छन् । मालपोतदेखि बैदेशिक रोजगार विभाग र यातायात कार्यालय जहा“ पनि श्रेष्ठको मुख्य ध्यान घुसमै केन्द्रित हुने गरेको उनीस“ग काम गर्ने कर्मचारीहरू बताउ“छन् । इटहरी र नेपालगंजमा जस्तै सवारी अनुमतिपत्र बितरणमा नारायणी अन्चल यातायात कार्यालय बीरगंजमा पनि हुने गरेको छ । बीरगंज यातायातका प्रमुख विश्वराज नेपाल, अधिकृत मोहन कार्की र नायबसुब्बा भुवन रेग्मीले सवारी अनुमतिपत्र बितरणमा अनियमितता गर्दैआएका छन् । उनीहरूले प्रहरीले लाइसेन्स बा“डेको मिति २०५८ अगाडिसम्मको राख्दै लाइसेन्स दिने गरेका छन् । ट्राफिक प्रहरीस“ग मिलेर लिखित र ट्रायलमा पनि सेटिङ गरी लाइसेन्स बितरण गर्दैैआएका छन् । प्रहरीले बितरण गरेको मिति राखी मोटरसाइकलै एउटा लाइसेन्स बराबर १ लाख रुपैया“सम्म लिने गरेको आरोप छ । अधिकृत कार्की र नासु रेग्मी बैदेशिक रोजगार विभागमा ३ बर्ष बसेर यातायातमा फड्को हानेका हुन् । घुसको सेटिङ मिलाउने काम नै अधिकृत कार्की र नासु रेग्मीले गर्दैआएका छन् । लाइसेन्स बितरणमा घुस सेटिङ गरी अकूत सम्पत्ति आर्जन गर्ने कार्की र रेग्मी बीरगंजमा दिउ“सै मदिराले झुल हुने गरेका छन् । सेवाग्राहीबाट घुस लिएर उनीहरूले दिउ“सै मदिरा सेवन गरेको तस्वीरसमेत सा“घुलाई प्राप्त भएको छ । यातायात ब्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले नेपालगंज, इटहरीपछि नारायणी यातायातमा पनि छानबिन गरे धेरै अनियमितता फेलापर्ने स्रोतले बताएको छ ।