श्री अख्तियार अनुसन्धान दुरुपयोग आयोग काठमाण्डौमा चढाएको
निबेदन–पत्र
बिषय : खारेज भईसकेको क्रसर उद्योग गैरकानूनी रुपमा ठाउसारी, नामसारी नगरी संचालनमा आउन लागेको हुँदा बन्द गरि पाउ‘ ।
महोदय,
१. धौलागिरी क्रसर उद्योग मिति २०६४।४।११ मा सा.फ.द.पं्र.प.नं.७११÷०६४÷०६५ मा नेपाल सरकार उद्योग मन्त्रालय घरेलु तथा साना उद्योग बिभाग पर्वतमा बाग्लुङ्ग न.पा.वडा नं.२ बस्ने अम्बर बहादुर खड्का र योगेन्द्रबहादुर खडकाको नाउमा साझेदारी ऐन, २०२० अनुसार उद्योग दर्ता भई संचालनमा आएको थियो । उक्त उद्योग त्यहा संचालनमा आएपछि क्रसरले मालगुङ्गा बेनी पक्की सडकलाई असर पुग्ने गरी उद्योग संचालन गरेको थियो ।
नेपाल सरकारले मिति २०७० सालमा क्रसर संचालनको लागि मापदण्ड बनाएपछि जिल्लास्तरीय अनुगमन समितिले अनुगमन गर्दा धौलागिरी क्रसर उद्योगले पुरानो मापदण्ड समेत पूरा नगरेको र उक्त उद्योगले मालढुङ्गा बेनी सडक खण्डमा असर पुग्ने गरी उद्योग संचालन गरेको पाईएको र IEE प्रतिबेदनमा तोकिए बमोजिमको कार्य समेत गरेको नदेखिएकोले उक्त धौलागिरी क्रसर उद्योगलाइ तत्काल सो स्थानमा काम गर्न स्थगित गर्न लगाउने गरि मिति २०७०।१०।९ मा जिल्ला अनुगमन तथा समन्वय समितिको बैठकले उद्योग बन्द गराउने निणर्य गरेको थियो ।
२. जिल्ला अनुगमन तथा समन्वयन समितिले घरेलु तथा साना उद्योग बिकास समितिलाई धौलागिरी क्रसर उद्योगले पुरानो मापदण्ड पुरा नगरेको र मालढुङ्गा बेनी पक्की सडकलाई असर पर्नेगरी उद्योग संचालन गरेको र IEE प्रतिबेदनले तोकेको मापदण्ड पनि पूरा नगरेको हँुंदा तत्कालै बन्द गर्न जिल्लास्तरीय अनुगमन तथा समन्वय समितिको बैठकले निर्देशन दिए अनुसार घरेलु तथा साना उद्योग बिकास समितिले प.स.०७०/७१ च.नं.६४७ ले तत्काल सो स्थानमा काम गर्न स्थगित गराई निणर्य कार्यान्वयन गराउने निर्देशन प्राप्त भएको हुंदा तपाईको नाउ“मा दर्ता भएको धौलागिरी क्रसर उद्योग तत्काल बन्द गर्न हुन जानकारी गराईन्छ भनी मिति २०७०।११।८ मा नै उद्योग बन्द गराएको थियो ।
३. नेपाल सरकारले नयाँ क्रसर उद्योग दर्ता अनुमतिमा रोक लगाएको र हाल कुनै पनि क्रसर उद्योग दर्ता भएको अबस्था समेत छैन । धौलागिरी क्रसर उद्योग भएको कि.नं.८४८ र ८४९ को जग्गा क्रमश कमला महत र रुद्रबहादुर महतको नाउँमा दर्ता भएको जग्गामा हाल धौलागिरी रेडिमिक्स कंक्रिट कन्स्ट्रन्सन एण्ड सप्लार्यसका संचालक पर्बत जिल्ला माझफाट गा.वि.स.वडा नं.२ बस्ने याम बहादुर मल्ल समेत जना ४ ले कुस्मा नगरपालिकामा उद्योग दर्ता गर्न सिफारीस गरि पाउ“ भनी निवेदन दिएकोमा कुस्मा नगरपालिकाले मिति २०७३।८।७ मा च.नं.३२१२ मा घरेलु तथा साना उद्योग बिकास समिति शाखा कार्यालय कुम्मालाई सिफारीस समेत गरेको हुंदा उक्त स्थानमा क्रसर उद्योग बन्द भई सकेको स्पष्ट हुन्छ । उक्त उद्योग संचालन अनुमतिको लागि घरेलु तथा साना उद्योग बिकास समितिको कार्यालय पर्बतमा समेत निवेदन दर्ता गरेको अबस्था बिद्यमान छ ।
यद्यपि ८ महिना अगाडिदेखि नै सोही कित्ता जग्गाामा धौलागिरी रेडिमिक्स कंक्रिट उद्योग संचालनमा छ । स्थानीय सरकार आएपछि व्यापक रुपमा आर्थिक चलखेल गरी उक्त स्थानमा बन्द भईसकेको उद्योग संचालन गर्नको लागि नाउँसारी र ठाउँसारी समेत नगरी कम्पनी रजिष्टार कार्यलयमा धौलागिरी क्रसर उद्योग प्रालि नामको कम्पनी दर्ता गरी जबरजस्ती र गैरकानुनी रुपमा फरक कित्ता जग्गामा क्रसर उद्योग स्थापना गर्नको लागी धमाधम पुर्वाधारहरु खडा गर्ने कार्य भैरहेको छ ।
उनीहरुले मालढुगां–बेनी सडक अन्र्तगत पर्ने कुस्मा नगरपालिका र जलजला गाउँपालिकालाइ जोडने दमुवा खोलाको पक्की मोटरेबल पुललाइ नै असर पर्नेगरी सडक विभागको स्वीकृति समेत नलिइ पुलको सुरक्षाका लागि राखिएको पिल्लरहरुलाइ जवरजस्ती भत्काइ गैरकानूनीरुपमा सहायक मार्ग बनाइ क्रसर उद्योगमा जाने बाटो निमार्ण गर्दापनि सम्वन्धित निकायको ध्यान पुग्न सकेको छैन । जवरजस्ती रुपमा शाखा बाटो खोल्दा दुर्घटनाको जोखीम बढेको छ ।
राजनीतिक पहुचको आडमा फरक कित्ताको जग्गामा धमाधम नया क्रसर उद्योगका लागि आबस्यक पूर्बधारहरु निमार्ण गरि राखेको र मालढुङ्गा बेनी सडकको कुस्मा नगरपालिका र जलजला गाउपालिकालाई जोड्ने पक्की मोटरेवल पुलको साइडमा सुरक्षाका लागि राखिएको डेलिनेटोर पोष्टलाई समेत भत्काई सम्वन्धित सडक बिभागको अनुमति समेत नलिई उक्त स्थानबाट जबर्जस्तरुपमा उद्योगमा जाने बाटो समेत निमार्ण गरेको हु“दा तत्काल उक्त स्थलको अनुगमन गरि उक्त क्रसर उद्योग संचालनमा रोक लगाई पाउँ ।
स्मरण रहोस नया क्रसर उद्योगको दर्ता गर्नु र ठाउ‘सारी गर्नु भनेको एउटै प्रक्रिया हो । ठाउँसारी गर्दा पनि नया क्रसर उद्योग दर्ता गर्दा नेपाल सरकारले क्रसर उद्योगका लागि तोकेको सम्पुर्ण मापदण्ड र कानूनी प्रक्रिया पुर्याएर मात्र दर्ता गर्न पाइने नियम छ । तर पर्वतमा खारेज भैसकेको क्रसर उद्योगको इजाजत पत्रको नाममा बलजफ्ती रुपमा कानुनलाइ ठाडै चुनौती दिदा समेत सरोकारवाला निकायहरु कानमा तेल हालेर गैरकानूनी धन्दालाई साथ दिइरहेको अवस्था छ । यतातिर आवश्यक छानबिन गरी तत्काल कारवाही गरीपाउ‘ ।
प्रमाण कागजातहरु
(क) उद्योग दर्ता प्रमाणपत्र को प्रतिलिपी ।
(ख) मिति २०७०।१०।९ को जिल्ला समन्वय समिति को निर्णय ।
(ग) मिति २०७०।११।८ मा घरेलु तथा साना उद्योग बिकास समितिको उद्योग बन्द गर्ने निणर्य ।
(घ) मिति २०७३।८।७ मा कुस्मा नगरपालिकाले घरेलुलाई लेखेको सिफारीस पत्र ।
(ङ) जलजला गाउ“पालिका पर्बतले गैरकानूनीरुपमा संचालनमा ल्याउन लागिएको उद्योग स्थगन गर्न लेखेको पत्रको प्रतिलिपी थान १
निवेदक
निज गजेन्द« अर्याल
इति सम्वत २०७५ साल असार ८ गते रोज ५ शुभम…………………………………………….



