🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

यी हुन् असाधारण व्यक्ति सन्तलाल 

यी व्यक्तिको जीवन देखेर चिकित्सकहरू पनि हैरान हुने गरेका छन् । चिकित्सकले पनि यी व्यक्तिलाई अहिलेसम्म बुझ्न सकेका छैनन् । बैशाख÷जेठको गर्मी महिनामा यी वृद्ध व्यक्तिलाई जाडो हुने गर्दछ भने जाडो महिनामा गर्मी । ती ब्यक्ति भारतको हरियाणास्थित महेन्द्रगढको डेरोली अहिर भन्ने ठाउँका बासिन्दा सन्तलाल हुन् जसलाई जाडोमा गर्मी र गर्मीमा जाडो हुने गर्दछ ।

उनी जाडो मौसममा आइसक्रिम खाने गर्दछन् । यी व्यक्ति आफ्नै शरीर देखेर चकित पनि पर्ने गर्दछन् । गाउँलेका अनुसार उनी सानै उमेरदेखि त्यस्तै थिए । उनलाई अहिलेको यस्तो गर्मी मौसममा पनि कम्बल ओढेर सुत्नु पर्दछ । सन्तलालका अनुसार, उनको शरीरले मौसम विपरीत कार्य गर्दछ ।

जाडो मौसममा उनले आइसक्रिम र चिसो पदार्थ खाएनन् भने सुख पाउँदैनन् । जाडोको महिनामा दैनिक कम्तीमा तीन पटक नुहाउनुपर्छ । सन्तलालका लागि भने यो साधारण दिनचर्या हो ।