🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मापसेले मातेका काँग्रेस सांसद बजगाईंको टिभिमा अन्तर्वार्ता

काठमाडौं । नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईंले रक्सी खाएर मातेको बेला दिएको एउटा अन्तर्वार्ताले बजारमा पत्रकारिता र राजनीतिक क्षेत्रमा सनसनी ल्याएको छ ।

कुनै व्यक्तिले दिएका अन्तर्वार्ताहरु विभिन्न कारणले चर्चाको रुप धारण गर्दछन् । कोही स्टुडियोमा झगडा गरेकाले, कोही हातपातमा उत्रिएका कारण, कोही विचैमा उठेर हिंडेका कारण त कोही रोएका कारण चर्चा बटुल्छन् ।

अन्तर्वार्ता चर्चामा आउनुमा दुईवटै पाटा हुन्छन्-सकारात्मक र नकारात्मक । तर काँग्रेस सांसद बजगाईंको अन्तर्वार्ताले भने नकारात्मक चर्चा पाएको छ । बजगाईंले रक्सीले मातेको बेला प्राइम टेलिभिजनका लागि उट्पट्याङ पत्रकार ऋषि धमलालाई दिएको अन्तर्वार्ताका कारण चर्चासँगै सनसनी ल्याएको हो ।

धमलाले आफ्नो टक शो ‘जनता जान्न चाहन्छन्’ मा हालै लिएको अन्तर्वार्तामा सांसद बजगाईं मादक पदार्थ(रक्सी)ले लट्ठिएको प्रष्ट देख्न सकिन्छ । धमलाले सोधेको प्रश्नको उत्तर दिँदा बजगाईंले लर्बरिएको जिब्रोले गोलमटोल जबाफ दिएका छन् । प्रश्न र उत्तरको कतै तालमेल पनि देखिँदैन । जिब्रो लर्बराएका कारण भनेको कुरा पनि बुझिन्न । जवाफ पनि असान्दर्भिक उत्तेजक सुनिन्छ ।

शरीरको अवस्था पनि अस्थिर देखिन्छ । उनको हाउभाउ र भावभङ्गीबाटै रक्सीले टिल्ल परेर लट्ठिएको दर्शक एवम् स्रोताले प्रष्टै अड्कल गर्न सक्छन् । बजगाईंले दिएको अन्तर्वार्ताले काँग्रेसभित्र समेत चर्चा पाएको बताइएको छ । दसैँको मुखमा मिडियादेखि चिया पसलसम्मै बजगाईंको अन्तरवार्ता भाइरल बनेको छ ।

बजगाईंको अन्तवार्तालाई कतिपयले सामाजिक सञ्जालमा ‘बजगाईंको रक्सी संवाद’ भनेर टिप्पणी समेत गरेक छन् । अन्तर्वार्ता नकारात्मक रुपमा भाइरल भएपछि युट्यूबाटै हटाइएको छ ।

काठमाडौं काँग्रेसका एक नेताले धमलाले बदनियतपूर्वक बजगाईलाई मदिरा पार्टीबाट ठाडै स्टुडियोमा ल्याएर बदनाम गराउन फसाएको बताए ।

‘धमलाले जानाजान फसाउने नियतले ल्याएको देखिन्छ । हामीलाई पनि के भन्ने, के भन्ने भएको छ,’ काँग्रेसका ती नेता भन्छन्, ‘मदिराले मातेको बेला ल्याएर अन्तर्वार्ता गराउनु पीत पत्रकारिता मात्र नभै अनैतिक कार्य हो । सार्वजनिक संचारमाध्यममा कस्तो अवस्थामा आउने भनेर पदीय गरिमा राख्न बजगाईंजीले पनि अल्लि बुद्धि पु¥याएनन् । बचाउ गर्न हामीलाई नै अप्ठ्यारो परेको छ ।’  

हुन पनि लाइभ अन्तरवार्तामा शरीरको हाउभाउ, लर्बरिएको स्वर, उट्पट्याङ जवाफ र रातोपिरो अनुहारले नै बजगाईंको स्वास्थ्य अवस्था  ठिक कण्डिसनमा नभएकाे र धमलाकाे चाहिँ मानसिकअवस्था ठिक नभएकाे बेलामा लिइएको त होइन भन्ने प्रश्न खडा भएकाे छ।

 बजगाईंले अन्तर्वार्ता दिने बेला ‘रातो क्याप टोपी’ समेत पछाडि फर्काएर लगाएका थिए । हेर्दै रातो टोपी कुनै सांसदले लगाएको नभएर ¥यापरले लगाएको भान दिलाउँथ्यो । अरु पहिरन समेत नमिलेर कच्याककुचुक देखिन्छ ।

 महागठबन्धनकाे अवसर छाेपेर धनकाे बलमा गोरखा-१ बाट निर्वाचित कांग्रेस सांसद बजगाई पर्यटन व्यवसायमा समेत विवादित व्यक्ति हुन् । उनी काँग्रेस नेता डा.शेखर कोइराला निकट मानिन्छन् ।

भ्रष्टाचारी, अपराधी, दुराचारी सबै खालका व्यक्तिको अन्तर्वार्ता लिएर चर्चा कमाउने गरेका उट्पट्याङ शैलीका धमलाले यसपल्ट पत्रकारिताकाे मर्यादा विपरीत मापसेले मातेका सांसदलाई प्रयोग गरेको टिप्पणी समेत भएको पाइएकाे छ ।