🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एपीएफ ब्याण्ड र ब्रिटिस गोर्खा ब्याण्डद्वारा संयुक्त सांगीतिक प्रस्तुति

काठमाडाैं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा २०७९ फागुन २५ गते बिहीबार एपीएफ ब्याण्ड र ब्रिटिस गोर्खा ब्याण्डको संयुक्त सांगीतिक प्रस्तुति सम्पन्न भएको छ ।

\"\"

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपालको ब्याण्ड र ब्रिटिस गोर्खा ब्याण्डबीच विगतदेखि नै निरन्तर रुपमा सांगीतिक प्रस्तुति तथा प्रशिक्षणको आयोजना हुँदै आएको स्मरण गर्दै यस्ता किसिमका कार्यक्रमले दुई देश र संगठनहरु बीच भएको सुमधुर सम्बन्धलाई प्रगाढ बनाउन महत्वपुर्ण भूमिका खेल्ने बताएका छन् ।

\"\"
 महानिरीक्षक अर्यालले एपीएफ ब्याण्ड र ब्रिटिस गोर्खा ब्याण्ड बीचको संयुक्त प्रस्तुति सशस्त्र प्रहरी बल, नेपाल र ब्रिटिस गोर्खा बीचको बलियो बन्धनको प्रतीक तथा एक आपसमा भईरहेको सहकार्यको एउटा उदाहरण समेत रहेको बताउदै यस किसिमको कार्यक्रम आगामी दिनहरुमा समेत निरन्तर भईरहने विश्वास व्यक्त गरेका छन् ।

  महानिरीक्षक अर्यालले संयुक्त ब्याण्ड टिमका सदस्यहरुले प्रस्तुत गरेका उत्कृष्ट सांगीतिक धुनको प्रशंसा गर्दै धन्यवाद समेत दिएका थिए । उक्त कार्यक्रममा दुई वटै देशका विभिन्न गीतहरुको सुमधुर सांगीतिक धुनहरु प्रस्तुत गरिएको थियो ।

सोही कार्यक्रममा महानिरीक्षक अर्यालबाट  British Gurkhas Band की Music Director Captain Esther Hayesलाई मायाको चिनो प्रदान गरिएको थियो ।

   कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम, बंशीराज दाहाल, सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृत तथा बेलायती राजदुतावासका प्रतिनिधि लेफ्टिनेन्ट कर्णेल कमल गुरुङ्ग लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत, बिल्लादार तथा जवानहरुको समेत उपस्थिति रहेको सशस्त्र प्रहरीले जानकारी दिएकाे छ ।