🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाल एपीएफ क्लब ईन्टर मेम्बर्स ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

काठमाडाैं । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा २०७९ फागुन २६ गते नेपाल एपीएफ क्लब ईन्टर मेम्बर्स ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रमका विशेष अतिथि रहेका सांसद रमेश लेखक र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको उपस्थितिमा सो प्रतियोगिता सम्पन्न भएको हो ।

\"\"

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्दै प्रतियोगिता आयोजन गर्न सहयोग पुर्‍याउने व्यक्ति तथा संघ/संस्थाहरुलाई धन्यवाद दिएका छन् ।  

 नेपाल एपीएफ क्लबमा आवद्ध सदस्यहरुवीच भएको मिक्स ओपन ईभेन्ट प्रतियोगितामा चेत सिंह थापा र हेलन गुरुङ्गको जोडीले धिरेन्द्र बहादुर चन्द र रमन नेपालको जोडीलाई पराजित गरी प्रथम भएको हो ।

 यसैगरी ओपन ईभेन्टमा नरेन्द्र थापा र पदम मगरको जोडीले राजिव पोद्दार र दीपक गुरुङ्गको जोडीलाई पराजित गरी प्रथम स्थान हासिल गरेका छन् । नेपाल एपीएफ क्लब ईन्टर मेम्बर्स कमिटिका अध्यक्ष हरि सिटौलाले यस्ता खेलकुद प्रतियोगिताले विभिन्न पेशा, व्यवसायिक परिवेशबाट आएका क्लवका सदस्यहरुमा एक आपसमा भाईचाराको सम्वन्ध, समन्वय तथा सहयोगको भावनाको विकासमा टेवा पुग्ने बताए ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलबाट निर्णायकवर्ग तथा उक्त प्रतियोगिता व्यवस्थापनमा सहयोग पुर्‍याउने व्यक्तिहरुलाई प्रशंसापत्र प्रदान गरिएको हो ।

कार्यक्रममा एपीएफ क्लब मेम्बर्स कमिटिका पदाधिकारी, सल्लाहकार सदस्य तथा अन्य प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।