🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सप्तरीमा भीषण आगलागी : १६ घर जलेर नष्ट, ५० लाख भन्दा बढीको क्षति

सप्तरी २७ फागुन । सप्तरीको तिरुहुत गाउँपालिका ५ स्थित लोहजरामा शुक्रबार भीषण आगलागी हुदा ६ परिवारको १६ घर जलेर नष्ट भएको छ । आगलागीमा सत्यनारायण ठाकुरको ४ वटा, रामकिसुन मरैताको ४ वटा, हरिनारायण ठाकुरको ३ वटा, देवनारायण ठाकुरको २ वटा, उपेन्द्र ठाकुरको २ वटा र गोसाई अरगरियाको १ गरी १६ वटा घर जलेर नष्ट भएको तिरुहुत गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष रमानन्द चौधरीले जानकारी दिएका छन् ।

साँझ साढे ४ बजे रामकिसुन मरैताको घरबाट सल्केको आगो डेढ घण्टापछि नियन्त्रणमा आएको स्थानीयले बताए । राजविराज, हनुमाननगर, कंचनपुर र शम्भुनाथ नगरपालिकाबाट आएको ४ वटा बारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिएको थियोे । आगलागीमा मानवीय क्षति नभए पनि नगद, गरगहना, भाँडाकुँडा, अन्नपात, लत्ताकपडा गरी ठूलो परिणाममा धनसम्पत्ति जलेर नष्ट भएको छ ।

आगलागीमा क्षतिको विवरण संकलन कार्य भईरहेकोले के–कति क्षति भएको भन्ने एकिन हुन नसकेको वडा अध्यक्ष चौधरीले जानकारी दिए । आगलागीमा ५० लाख भन्दा बढीको धन सम्पत्ति जलेर नष्ट भएको हुन सक्ने स्थानीयकाे अनुमान छ ।