🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

त्रिभुवन विश्वविद्यालय अन्तर्गतकाे स्ववियु निर्वाचन: मतदान जारी(सचित्र समाचार)

काठमाडाैं , ५ चैत (रासस): त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका देशभरिका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान जारी छ ।

\"\"

(तस्बिर जुम्ला बहुमुखी क्याम्पस जुम्लामा आइतबार हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन ( स्ववियु) को निर्वाचनका लागि क्याम्पसमा चहलपहल । पहिला सुनसान हुने क्याम्पसमा अहिले स्ववियु निर्वाचनले विद्यार्थी नेतादेखि विद्यार्थीमा चासो बढेको छ । आठवटा विद्यार्थी सङ्गठनले निर्वाचनमा भाग लिएको जुम्ला बहुमुखी क्याम्पसले जनाएको छ । तस्बिर : विजय रावत/रासस )

देशभरिका ६० आङ्गिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आज बिहान ८ बजेदेखि मतदान सुरु भएको हो ।  त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले  मतदान दिउँसो ४ बजेसम्म हुने जानकारी दिनुभयो ।

\"\"

नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारमा स्ववियु निर्वाचनमा मतदानमा गर्दै विद्यार्थी । तस्बिर : रामहरि न्यौपाने/रासस

चौध वर्षपछि हुन थालेको स्ववियु निर्वाचनमा विद्यार्थी उत्साही भएर मतदान प्रक्रियामा सहभागी भएका छन् । बिहानैदेखि विद्यार्थी लाइनबद्ध भएर मतदानमा सहभागी भएका छन् । प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ देखियता नियमित हुनसकेको छैन ।

\"\"कावासोतीमा रहेको कुमारवर्ती बहुमुखी क्याम्पसको निर्वाचनमा मतदान गर्दै विद्यार्थी । तस्बिर : राजु चापागाईं/रासस
उपत्यकाका क्याम्पसमा त्रिवि केन्द्रीय क्याम्पस, नेपाल ल क्याम्पस, सररस्वती क्याम्पस, महेन्द्ररत्न बहुमुखी क्याम्पस, थापाथली इञ्जीनियरिङ क्याम्पस, पुल्चोक इञ्जीनियरिङ क्याम्पस, पद्मकन्या बहुमुखी क्याम्पसलगायत अधिकांश क्याम्पस मतदान सुरु भएको उहाँले जानकारी दिनुभयो । मतदानका लागि सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ ।

 
अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् ।

\"\"कपिलवस्तुको शिवराजमा रहेको समयथान बहुमुखी क्यापसमा भइरहेको स्वावियु निर्वाचनमा मतदान गर्दै विद्यार्थी । तस्बिर : सनिउल्ला धोबी/रासस

सरकारले विश्वविद्यालयमा अध्ययरत विद्यार्थी र तिनले आन्दोलनमार्फत गरेका सहमति कार्यन्वयन गर्न, क्याम्पस तथा विश्वविद्यालयको नीति निर्माण र कार्यन्वयनमा विद्यार्थी प्रतिनिधित्व सुनिश्चित गर्न, क्याम्पसमा शैक्षिक वातावरण कायम गर्न र विद्यार्थीको चौतर्फी विकासका लागि स्ववियु निर्वाचन गर्दै आइरहेको छ ।

\"\"काठमाडौँको क्षेत्रपाटी धोबीचौरस्थित पब्लिक युथ क्याम्पसमा निर्वाचनमा मतदान गर्नेका लागि लामबद्व विधार्थी । तस्बिर : हरिराम भेटुवाल/रासस

\"\"जनकपुरधामको राम स्वरुप रामसागर बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि क्याम्पस परिसरबाहिर विद्यार्थीको घुइँचो । तस्बिर : चन्द्रदेव साह/रासस

यी क्याम्पसमा स्ववियु निर्वाचन रोकिए

उपत्यका सबैजसो क्याम्पसमा मतदान भइरहे पनि देशभरिका ६२ आङ्गिक क्याम्पसमध्ये १३  क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ ।

 
विद्यार्थी सङ्गठनबीच विवाद हुँदा उपत्यकाका केही क्याम्पससहित निर्वाचन प्रक्रिया रोकिएको छ । उपत्यकामा आरआर क्याम्पस, अमृत साइन्स क्याम्पस, पाटन संयुक्त क्याम्पस, नेपाल कमर्स क्याम्पस र विश्वभाषा क्याम्पसमा निर्वाचन प्रक्रिया अबरुद्ध रहेको छ । नेपाल कमर्स क्याम्पसमा हिजो अन्तिम समयमा आएर निर्वाचन रोकिएको हो ।
 

यस्तै सबैभन्दा धेरै विद्यार्थी भएको पोखराको पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इञ्जीनियरिङ क्याम्पस, पोखरा वन क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, धवलागिरि बहुमुखी क्याम्पस बागलुङ र सिद्धनाथ साइन्स बहुमुखी क्याम्पस निर्वाचन प्रक्रिया रोकिएको छ । यस्तै त्रिचन्द्र क्याम्पसमा यही चैत ९ गतेका लागि तोकिएको छ ।
–––