🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बृद्धको हत्याकाे आरोपमा रामेछापमा ४ जना पक्राउ

रामेछाप, २१ चैत ।  एक वृद्धको हत्या गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, रामेछापका अनुसार गोकुलगंगा गाउँपालिका–४ बेतालीका ८४ वर्षीय सम्शेरबहादुर थापामगरको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा ४ जनलाई पक्राउ गरिएको हो ।

थापामगरको हत्या गरेको आरोपमा प्रहरीले ६२ वर्षीय मानबहादुर मगर, ५२ वर्षीय नेत्रबहादुर थापामगर, ४५ वर्षीया रामपियारी खड्का र ४५ वर्षीया अनिता भनिने मनोमाया थापामगरलाई पक्राउ गरेको हो ।

गत १३ चैतमा खुकुरी प्रहारबाट टाउकोमा गहिरो चोट लागेको थापामगरलाई उपचारका लागि मन्थली ल्याउँदै गर्दा अत्याधिक रक्तस्रावका कारण बाटोमै मृत्यु भएको थियो ।

पक्राउ परेकालाई चारैजनलाई हिरासतमा राखि थप अनुसन्धान प्रक्रिया अघि बढाईएको प्रहरीले जनाएको छ ।