🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सेयर बजार : सातामा चार दिन घट्यो, एक दिन बढ्यो 

कठमाडौं, २३ चैत । चालु सातामा सेयर बजार चार दिन ओरालो लागेको र एक दिन बढेको छ । साताको पहिलो कारोबार दिन चैत १९ गते आइतबार सेयर बजार दोहोरो अंकले घटेको थियो । उक्त दिन नेप्से परिसूचक २० अंकले घटेको थियो । सोही दिन १ अर्ब २० करोड ७१ लाख रुपैयाँभन्दा बढीको कारोबार सेयर कारोबार भएको थियो ।  

यसैगरी, सेयर बजार सोमबार पनि घटेको हो । सोमबार नेप्से परिसूचक १६.६७ अंकले ओरालो लागि १८७१.८८ विन्दुमा अडिएको थियो । सोही दिन कारोबार रकम पनि घटेको थियो । आइतबार १ अर्बभन्दा बढी रुपैयाँको कारोबार भएको सेयर बजार सोमबार घटेर ९२ करोड रुपैयाँको कारोबार गरेको थियो ।

यसैगरी, साताको तेस्रो दिन मंगलबार पनि सेयर बजार घट्ने क्रमले निरन्तरता पायो । मंगलबार नेप्से परिसूचक ५.२० अंकले घटेर १८६६.६८ को बिन्दुमा आएर रोकिएको थियो । उक्त दिन पनि कारोबार रकममा खासै परिवर्तन भने आएन । मंगलबार ९१ करोड ७६ लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो ।

यता बुधबार भने सेयर बजारमा केही राहत मिलेको थियो । बुधबार नेप्से परिसूचक ८.३९ अंकले उकालो लागेको थियो । तर, त्यसदिन सेयर बजार बढे पनि कारोबार रकम भने घटेको थियो । बुधबार ८१ करोड ६० लाख रुपैयाँ भन्दाबढी रकमको कारोबार भएको छ ।  

साताको अन्तिम कारोबार दिन २०७९ चैत २३ गते बिहीबार सेयर बजार ओरालो लागेको छ । बिहीबार नेप्से परिसूचक ८.२८ अंकले ओरालो लागेको हो । कारोबार रकममा भने बिहीबार केहीहदसम्म रात मिलेको हो । यसदिन ९२ करोड भन्दाबढी रकमको सेयर कारोबार भएको भएको हो ।