🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रहरी, त्रिभुवन क्लब, सुदूरपश्चिम र मधेस प्रदेश सेमिफाइनलमा

मोरङ, २५ चैत (रासस) : गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय चौथो पुरुष हक्की प्रतियोगिताको सेमिफाइनलमा नेपाली सेनाको त्रिभुवन क्लब,  नेपाल प्रहरी, सुदूरपश्चिम र मधेस प्रदेश पुगेका छन् । 

विराटनगरको सहिद रङ्शालामा आज सम्पन्न भएको लिग चरणको खेलअन्तर्गत समूह ‘ए’तर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पहिलो र दोस्रो स्थानमा नेपाल प्रहरी छन् । यस्तै समूह ‘बी’तर्फ पहिलो सुदूरपश्चिम र दोस्रो मधेस प्रदेश छन् । 

विराटनगरको शहीद रङ्गशालामा आज भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई ५–३ गोलले पराजित गरेको छ । सुदूरपश्चिमका दीपकराज जोशीले दुई, धीरेन्द्रबहादुर, शेरबहादुर चन्द र महेश नेपालीले एक–एक गोल गरेका थिए । मधेस प्रदेशका विशाल क्षेत्री, रुपक दाहाल र रुपेश राईले एक–एक गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच सुदूरपश्चिमका महेश नेपाली भएका छन् । 

त्यस्तै अर्को खेलमा गण्डकी र कर्णाली प्रदेशबीच २–२ गोलले बराबरी भएको छ । गण्डकीका सङ्गम जेटी र असिम बाहेकले एक–एक गोल गरे भने  कर्णालीका जीवन राउतले दुई  गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच कर्णालीका राउत भएका थिए ।   

प्रतियोगिताको आइतबार हुने सेमिफाइनलको पहिलो खेल त्रिभुवन क्लब र मधेस प्रदेश तथा दोस्रो खेल सुदूरपश्चिम र नेपाल प्रहरीका बीच प्रतिस्पर्धा हुनेछ ।