🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

११८ केजी चरेससहित ३ जना पक्राउ

पर्सा । पर्साकाे पटेर्वासुगौली गाउँपालिका-५ देउरियाबाट अवैध लागुऔषध चरेस ११८ केजी र अवैध लागुऔषध गाँजा ४ केजीसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा पटेर्वासुगौली गाउँपालिका-५ बस्ने ६० वर्षीय प्रदेशी राउत (थारू), मकवानपुर रक्सीराङ गाउँपालिका-८ बस्ने ३८ वर्षीय रमेश मोक्तान र मकवानपुर मनहरी गाउँपालिका-६ बस्ने २५ वर्षीय रेशन मोक्तान रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त टोलीले प्रदेशी राउतको घर तथा टहरा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरू उपर लागुऔषध सम्बन्धी कसूरमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।