🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

 ओली सरकारविरुद्ध मसाल :  \’डा. के.सीविरुद्ध पक्राउ  आदेश पूर्वाग्रहयुक्त\’ 

काठमाडौं,  असार १९ गते।  नेकपाका अध्यक्ष केपी शर्मा ओलीको नेत्रित्वको  सरकारको कार्यशैलीको विरोध चर्किन थालेको छ।  सरकारले हालसालै जारी गरेका आदेश र उसले   गरेका कम कारवाहीको विरोधमा नागरिक समाज र राजनीतिक दलहरु समेत रुष्ट बन्न थालेका छन्।  सरकारको मित्र शक्ति मानिएको मोहन विक्रम सिंहको  नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारले डा. गोविन्द के.सी.विरुद्ध चालेको कदमको विरोध गरेको छ। (मसाल)ले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ – 

''नेपाल कम्युनिष्ट पार्टी (मसाल)को आज बसेको केन्द्रीय कार्यालयको बैठकले डा. गोविन्द के.सी.को अनसन र उहाँको स्वास्थ्य प्रति गम्भीर चिन्ता प्रकट गर्दछ । उहाँलाई जुन अवस्थामा गिरफ्तार गरियो र जुन अवस्थामा राखिएको छ, त्यो अत्यन्त गैरजिम्मेवार र अमानवीय कार्य भएको हाम्रो पार्टीको ठहर छ ।''

''डा. के.सी.लाई निषेधित क्षेत्रमा अनसन गर्न खोजेको भनेर जुम्लामा गिरफ्तार गरिएको छ । यहाँ यो उल्लेखनीय छ कि त्यो कथित निषेधित स्थान स्थानीय सरकारले पहिलेदेखि नै निषेध गरिएको स्थान थिएन । त्यहाँ डा. के.सी. अनसनका लागि जाने भनेपछि नै त्यो स्थानलाई निषेधित क्षेत्र घोषित गरिएको थियो । त्यसरी जुन स्थानलाई जुम्लाको स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गर्ने आदेश दियो, त्यो आदेश पूर्वाग्रहयुक्त भएको कुरा प्रष्ट छ र त्यही निषेधित क्षेत्र तोडेको आरोपमा गरिएको गिरफ्तारी पनि पूर्वाग्रहयुक्त भएको कुरा प्रष्ट छ ।''

''डा. के.सी. जसरी बारम्बार अनसनमा बस्नु परेको छ, त्यो सरकारको गैरजिम्मेवार कार्यप्रणालीको नै परिणाम हो । सरकारले के.सी.सित बारम्बार गरेका सम्झौताहरूको कार्यान्वयन नगरेको हुनाले नै के.सी. त्यसरी बारम्बार अनसन बस्न बाध्य हुनु परेको छ ।'' 

''अहिले सरकारले चिकित्सासम्बन्धी विषयमा ल्याएको विधेयक पनि डा. के.सी.सित गरिएको सम्झौताका विरुद्ध छ । हामी सरकारसित यो माग गर्दछौँ कि सरकारले के.सी.सित गरिएका सम्झौताहरूलाई कार्यान्वयन गर्ने गरेर विधेयक ल्याउनु पर्दछ र त्यसरी उनीसँग गरिएका सम्झौताहरूको कार्यान्वयनका लागि प्रभावशाली कदम उठाउनु पर्दछ ।''

''अहिले बीर अस्पतालमा अनसन बसीरहेकी गङ्गामायाको स्वास्थ्यप्रति पनि हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । उनको माग एकदम न्यायपूर्ण र सामान्य छ । उनले आफ्नो छोराको हत्यासित संलग्न व्यक्तिहरूमाथि न्यायपूर्ण कारवाहीको माग गरिरहेकी छन् ।'' 

''त्यही मागका लागि अनसन बस्दाबस्दै उनका पति नन्दप्रसाद अधिकारीको मृत्यु भयो । अहिले गङ्गामाया पनि जीवन र मृत्युको दोसाधमा नै छन् । कुनै पनि व्यक्तिको हत्याका लागि कानूनी कारवाही र आवश्यक दण्ड सजायको माग गर्नु संविधान वा कानूनले नागरिकलाई दिएको अधिकार भित्रको कुरा हो । आफ्नो छोराको हत्याको अभियुक्तका विरुद्ध न्यायपूर्ण कारवाहीको माग गरेर अनसन बस्दा नन्दप्रसादको जसरी निधन हुन गयो, त्यसका लागि इतिहासले सरकार र सम्बन्धित राजनीतिक दल वा सङ्गठनहरूलाई कहिल्यै क्षमा दिने छैन ।''

''त्यस प्रकारको एउटा गम्भीर घटना नन्दप्रसादको मृत्युबाट भइसकेको छ । त्यही प्रकारको अर्को घटना उनकी पत्नीको मृत्युबाट हुन नपाओस्, त्यसका लागि हामीले सम्पूर्ण न्यायप्रेमि जनता, राजनीतिक दल, राष्ट्रिय मानव अधिकार आयोग लगायत मानव अधिकारसँग सम्बन्धित सङ्घ, संस्थाहरू, सामाजिक सङ्गठन, संसद र सरकार समेतको ध्यान आकर्षित गर्न चाहन्छौँ ।''

मिति : २०७५ असार १९ गते

मोहनविक्रम सिंह
महामन्त्री