🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सगर र सागरको सम्बन्धमा आमा छोरी

\"\"‘संसारमा निष्कलङ्क को छ, भनी भगवानले सोधे म आमालाई औँलाले देखाउँछु ।’ आफू पेटभरि खान नपाए पनि पेट निचोरेर आफ्ना सन्तानको पेट भर्न सक्ने क्षमता आमाभन्दा अरुमा हुनै सक्दैन । फेरि जति शिक्षा विश्वविद्यालयमा पठाइन्छ ती सबै व्यवहारिक हुन्छन् र छन् भन्ने छैन् । तर, आमाले दिएको हरेक शिक्षा जीवनको उचाइ टेक्ने एकएक सिँढी हुन् ।

आमा छोरी (मदर डटर : लिभिङ लिगेसी) किताबमा १२ साहसी छोरीहरूले आमाको बारेमा लेखेका छन् । यी छोरीहरू के कति उमेरका छन् म जान्दिन् । तर, यिनीहरू धाउबाट बाहिर आएर धारिला हतियारमा परिणत भएका छन् । यी युद्धका लागि धारिला भएका होइनन् । संघर्ष र सिकाइका हिसावले मात्र धारिला छन् । त्यसै जवाफ दिंदा शिर झुकाएर होइन्, उठाएर देऊ भन्ने हिम्मत राख्लान त ?

आमाले सन्तानलाई संसारको सुखभोग गराउँछिन् । आमाको गुण सेवाभावले तिर्न सकिदैन् । असल सन्तान बन्नु सेवाभाव र गुणतिर्नुभन्दा श्रेयस्कर हो । यसका लागि अगाध माया र आदर भाव हुनु जरुरी छ ।

बाल्यकालमा आफ्नो बाआमा जति शक्तिशाली संसारमा कोही छैन् भन्ने हरेक छोराछोरीलाई लाग्छ । कतै झगडा प¥यो र आफ्नो जित सुनिश्चित भएन भने बाआमाको धाक दिएको संझना हुनु स्वभाविक हो । यहाँ यी मात्र होइन बाल्यकालमा भोगिएका हरेक सपना र समस्याको ऐना अगाडि आफूलाई उभ्याइएको छ । जहाँबाट म कस्तो छु भनेर हेर्न अरुलाई सोध्नु पर्दैन ।

अब छोरीहरूको अनुभवहरू र सोचाइ कस्तो छ भन्ने बारेमा केही कुरा गरौं– ‘म सानो हुँदा आमाले शिरदेखि पाउसम्म गरगहना लगाएको फोटो देख्दा आमाको जीवन सुखमय छ भन्ने लाग्थ्यो । पछि बुझ्दै गएपछि त्यो होइन रहेछ भन्ने थाहा पाएँ । पहाडमा छोराछोरीले दुःख पाउँछन् हामीलाई तराइमा राख्नु भयो ।’ यो आदर सिकाउनका लागि थियो । ठुलालाई तँ भनियो भने त्यसको सजाय हुन्थ्यो । संस्कार शिक्षामात्र होइन समाज सुधारक पनि हो भन्ने सिकाइयो । एउटा आगो भयो भने अर्को पानी बन्नु पर्छ । शान्त बन्ने यो एउटा प्रेरणा पनि हो ।

कतिपय प्रसङ्गले हाँसोको फोहोरा छुटाउँछन् । आमाको शब्द उच्चारण आधुनिक शिक्षासँग नमिलेका कारण ‘गाई’ ‘गुए’ भएको छ । तर पनि छोरीले आफ्नी आमाप्रति गर्व गरेकी छिन् । 
आङ नखुल्दै बालबिबाहको प्रसङ्ग, धेरै र वर्षेनी छोराछोरी जन्माउनु पर्ने हिजोका आमाहरूको अवस्थाको चित्रण छ । बुहारीको काम बच्चा हुर्काउने र थाङ्ना धुने मात्र हो किन पढ्नु, भन्ने तर्कले हाम्रो समाजको तत्कालीन चित्र आँखामा ठिङ्ग उभिन्छ । अझ आमाहरूले धान्नुपर्ने घर व्यवहारको काम त छँदैछ ।

छोरीहरूलाई बढी संरक्षित बनाउन खोज्ने हाम्रो समाज र परिवार छ । समाजमा अशक्त भएर रहनु कति गाह्रो भन्ने बुनाको अनुभवले देखाउँछ । ह्वाइटक्रेन प्रयोग गर्दा उनले भोग्नु परेको पीडाले यही देखाएको छ । दुई जनाले गरेको संघर्षका कारण अहिले हजारौँ छोरीहरू सडकमा ह्वाइटक्रेन लिएर हिँड्न सक्ने भएका छन् । 

जीवन आफैंमा इतिहास हो । कोही सफल हुन्छन् कोही हुँदैनन् । तरपनि भोगाइ र अनुभूति बोकेर जीवन हिँडिरहेको हुन्छ । यहाँ अभावका अखेटाले हरेक पटक अल्झाउने गर्छ । पुरानो भएको कपडा बस्दा पनि उठ्ता पनि च्यातिएझैं । 

विशेष गरेर आफ्नो जीवनमा संघर्ष र आमाबाको अवस्थाको वास्तविक चित्र उतार्न नै यो किताब लेखिएको छ । यसको एउटैमात्र ध्येय भनेको हिजोको सामाजिक अवस्था कस्तो थियो भनेर जानकारी दिनु हो । नेपालीहरू कसरी बर्मेली बने र फेरि बर्मा छोडेर नेपाल फर्किन कति संघर्ष गरे त्यो विषय जीवनको भोगाइमा अनुभूतिमा आएको छ । 

परिवारमा आमाको भूमिका र बाको विवशताको कथा छ । छोरीहरूका लागि आमा–आमा मात्र होइन, साथी पनि हुन् । आमालाई जतिकुरा खुलेर भन्न सकिन्छ, त्यति अरुलाई सकिदैन । पीडा पर्दा बिसाउने चौतारी पनि आमाको काख नै हो । आमाको माया सबै सन्तानमा बराबर हुन्छ । यसरी हुर्काएका सन्तानले आमाबुबालाई गरेको व्यवहार देखेर मन रोएको अभिव्यक्त गरेका छन् । जुन आमाले जन्म दिन्छिन् र प्रेम धारा बगाउँछिन् । हरपल छोराछोरीको बारेमा मात्र सोच्छिन्, आज उनैलाई बृद्धा आश्रममा राखेर किन छोराछोरी टाढा भाग्न खोजेका छन् । यो चिन्ताको रापमा लेखकहरू पिरोलिएका छन् ।

किताबका गंगा अभिलाषी, चेतना लोक्सम, ज्यामु भोटिया, टिका आङ्देम्बे, नीता श्रेष्ठ ‘नित्यनूर’ बुना दाहाल, मिना शाक्य प्रधान, राधा पौड्याल, डा. रेखा यादव ‘निर्झर’ लक्ष्मी चौधरी, सुजना ओमित्सा लामा थापा र शान्ता अधिकारीका रचना रहेका छन् ।

 
यो किताबको परिकल्पना र प्रेरणाको स्रोत बुना दाहाल हुन् । उनी आफैंले पनि आफ्नी आमाको बारेमा ३० पेज लामो व्याख्या गरेकी छिन् । यो पुस्तक डाइनामिक बुना इन्क ब्लाइण्ड कोप्र्स सियाटल अमेरिकाले यसको प्रकाशन गरेको हो । बिक्रीको जिम्मा अमेजन बुक्सले लिएको छ । इच्छा सहयोगको कारण होला किताबमा मूल्य उल्लेख गरिएको छैन् ।

यी १२ बहिनी छोरीका शब्दहरू पढ्ने र यी मेरा अनुभूति हुन् भनेर जाँच्ने जाँचकी (सम्पादक)को जिम्मा इन्द्रकुमार श्रेष्ठ सरित्लाई दिइएको छ । अर्काको शब्दमा खेल्नु र ती शब्दमा आकार दिनु सामान्य संघर्षले हुँदैन । यहाँ भावनाको कदर र भाषाको मिठास दुवै मिलाउनु पर्छ । यो हतियारमा पाइन लगाउने काम पनि हो । मलुवा भए काट्दैन र खरो भए झर्छ । यो संघर्षको अभिभारा बोक्नु भएकोमा इन्द्र दाजुलाई धन्यवाद । १६ वर्षको कलिलो उमेरमा यति कलात्मक आवरण बनाएकोमा अभिलाषा तिमीलाई मेरो शुभकामना । 

प्रिय, १२ बहिनी÷छोरीहरू तिमीले आमाप्रति देखाएको भावनाको म पूर्ण कदर र सम्मान गर्छु । तर, तिम्रा सबै विचार यो सानो लेखमा राख्न सक्दिन, मलाई माफ गर ल † तिमीहरूको लेखनी सधैं चम्किरहोस् । शुभकामना ।